Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतले गहुँ र चामलपछि प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगायो

Sambridinews by Sambridinews
सोमवार, भदौ ४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
भारतले गहुँ र चामलपछि प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगायो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


भाद्र ४, नयाँदिल्ली — भारतले गहुँ र चामल जस्ता मुख्य खाद्यान्नपछि प्याजको निर्यातमा पनि कडाइको नीति लिएको छ । आन्तरिक बजारमा प्याजको मूल्य बढ्न सक्ने आशंकाबीच भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरुत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । प्याजमाथि पहिलो पटक निर्यात शुल्क लगाइएको हो ।

गोलभेंडाको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा नै प्रभावित भएका बेला प्याजको मूल्य बढे त्यसले सरकारलाई थप अप्ठ्यारो पार्न सक्ने भएकाले सरकारले बेलैमा सतर्कता अपनाएको देखिन्छ । पछिल्ला दिनमा प्याजको मूल्यमा प्रतिकिलो १९ रुपैयाँसम्म वृद्धि भएको छ । चालु आर्थिक वर्षको अप्रिलदेखि अगस्टसम्म चार महिनामा भारतले १० लाख टन प्याज निर्यात गरेको मिडिया रिपोर्टको तथ्यांक छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

३१ डिसेम्बर २०२३ सम्म प्याज निर्यातमा कर लाग्ने निर्णय कार्यान्वयनमा रहने वित्त (अर्थ) मन्त्रालयले जनाएको छ । चाडपर्वको समयलाई दृष्टिगत गरी घरेलु बजारमा प्याजको उपलब्धता बढाइराख्न सरकारले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाउने निर्णय गरेको न्यूज एजेन्सी पीटीआईसँगको कुराकानीमा उपभोक्ता मामिलाका सचिव रोहितकुमार सिंहले बताएका छन् । पछिल्ला दिनमा प्याज निर्यातमा बढोत्तरी हुन थालेकाले त्यसमाथि अंकुश लगाउन यो कदम चालिएको उनले भनेका छन् ।

सरकारले तीन लाख टन प्याजको बफर स्टक बनाएको छ । नयाँ प्याज बजारमा नआउने बेलासम्म अभाव टार्न बफर स्टकबाट सरकारले बजारमा प्याज पठाएको छ । प्याजको मूल्यवृद्धिले विगतमा सरकारलाई चुनौती आएका छन् । प्याजको मूल्यवृद्धि भारतमा बलियो राजनीतिक मुद्दा पनि बन्दै आएको छ । यसै वर्ष मध्यप्रदेश, छत्तिसगढ र तेलंगानामा विधानसभाको चुनाव हुँदै छ । त्यसलाई दृष्टिगत गरेर पनि सरकारले प्याजको निर्यातमा रोक लगाएको देखिन्छ ।

नेपालमा पनि भारतबाटै ठूलो परिणाममा प्याजको आयात हुने गर्छ । भारतको पछिल्लो निर्णयले नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सक्ने अनुमान छ । यसअघि नेपाल सरकारले प्याजको आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट )लगाएको थियो । त्यसले मूल्य बढाएका बेला भारत सरकारको पछिल्लो निर्णयले प्याजको बजारलाई थप प्रभावित बनाउन सक्छ । गत महिना २० जुलाईमा भारतले गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो । त्यसअघि गत वर्षदेखि गहुँ निर्यातमा भारतले रोक लगाएकै छ ।

Related

Previous Post

आज नगपञ्चमी पर्व

Next Post

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैंकाे कपनमा भिषण आगलागी

गुडिरहेको बसमा आगो लाग्दा

शनिबार, अशोज १५, २०७९
ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

शुक्रबार, असार १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In