Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, March 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुखुरा पहिला कि अण्डा ? अण्डा भेज हो ? जानी राखौं रोचक तथ्य

Sambridinews by Sambridinews
बिहिबार, साउन ३२, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
कुखुरा पहिला कि अण्डा  ? अण्डा भेज हो ? जानी राखौं रोचक तथ्य
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

वर्षौंदेखि एउटा नसिकने बहस चलिरहेको छ -अण्डा पहिले कि कुखुरा ? यदि तपाईं कुखुरा पहिले भन्नुहुन्छ भने प्रश्न उठ्छ- पहिलो कुखुरा कुनचाहिँ अण्डाबाट निस्क्यो त ? यदि तपाईं पहिले अण्डा भन्नुहुन्छ भने सवाल उठ्छ- पहिलो अण्डा कुन कुखुराले दियो ? यो प्रश्न अनुत्तरित रहँदै आएको छ।

अण्डालाई लिएर अर्को विवादित कुरा छ। मानिसको मथिंगल हल्लाइरहेको त्यो प्रश्न हो, अण्डा शाकाहारी कि मांशाहारी ?

You might also like

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

प्रिन्स र आदित्यलाई स्वर्ण

एकथरी भन्छन्, यो मांशाहारी हो। अर्काथरी भन्छन् – यो शाकाहारी हो। शाकाहारी मानिसले अण्डा खाने कि नखाने भन्नेबारेमा पनि धेरै विवाद भएको पाइन्छ। केहीले अण्डालाई शाकाहारी मानेर खाने गर्छन् भने कोही यसलाई मांशाहारी मानेर खाँदैनन्।

तर्कवितर्क आ-आफ्नै किसिमले गर्न सकिन्छ। तर तथ्यले के भन्छ ? पहिले कुखुरा कि अण्डा ? अण्डा मांशाहारी कि शाकाहारी ? आउनुस् तथ्यमा रहेर कुरा गरौं।

आजभन्दा करिब १५० मिलियन वर्षअघिको कुरा हो। धर्तीमा डाइनोसरको राज थियो। साना डाइनोसर, ठूला डाइनोसर, दौडिने डाइनोसर, उड्ने डाइनोसर। जताततै डाइनोसर। डाइनोसरको विकासक्रममा तिनको आकार सानो हुँदै गयो। जो उड्ने डाइनोसर थिए, तिनको आकार सानो हुँदै गएर चरामा रुपान्तरण भए। वैज्ञानिकहरुका अनुसार अहिले हामी जुन कुखुरा देखिरहेका छौं, यसको पुर्खा टिरेक्स जातको उड्ने डाइनोसर हो। अहिले पाइने सबैभन्दा ठूलो चरा अष्ट्रिचलाई नजिकबाट हेर्नुभयो भने डाइनोसरको भाइब्स आउँछ।

उड्ने हुन् वा दौडिने- सबै डाइनोसरले अण्डा पार्थे। यसको अर्थ अण्डाको अस्तित्व करिब १५० मिलियन वर्ष अगाडिदेखि छ। कुखुराको इतिहास भने करिब ३ हजार ५ सय वर्षको छ। अर्थात् डाइनोसर कुखुरामा परिणत भएको ३५ सय वर्षजति मात्र भयो।

यो त्यही समय हो, जब मानिसहरुले दक्षिणपूर्वी एसियामा धान र कोदोको खेती गर्न थाले। यो देखेर नजिकको जंगलमा बस्ने एउटा जनावर आकर्षित हुन थाल्यो। त्यो जनावर अहिलेको कुखुराजस्तै देखिन्थ्यो। आफ्नो खेती खान आउन थालेको यो जनावरलाई मानिसले पाल्न थाले। कालान्तरमा यो अहिलेको कुखुरा बन्यो। अब भनिरहनु परेन, कुखुराभन्दा पहिले अण्डा।

अब अर्को प्रश्नमा लागौं। अण्डा भेज कि ननभेजरु जो ननभेज भन्छन् उनीहरुको तर्क छ( अण्डामा जीवन हुन्छ, यसबाट बच्चा निस्किन्छ। त्यसकारण यो भेज होइन। खासमा अण्डा दुई किसिमको हुन्छ। एउटा हुन्छ हेप्लोइड अण्डा जुनमा फिमेल सेक्सेल हुन्छ र यसबाट बच्चा निस्किँदैन। यो अण्डा पोथी कुखुराले भालेसँगको संसर्गबिना नै पार्छ। अक्सर हामीले खाने अण्डा यही हो। बच्चा नबन्ने अण्डालाई दूधसँग पनि तुलना गर्छन् कतिपयले।

कुखुराको पोथीको ओभरीबाट निस्कनैबित्तिकै अण्डा निषेचित भयो भनेमात्रै त्यसमा जीवनको उत्पत्ति सम्भव छ, अन्यथा हुँदैन। अण्डा निषेचित हुन भाले र पोथीको संसर्ग हुन जरुरी छ। कुखुराको पोथीले भालेसँग संसर्ग नभए पनि अण्डा दिन्छन्।

अर्को हुन्छ डाइप्लोइड अण्डा जुन भाले र पोथी कुखुराको संसर्गबाट निस्किन्छ र यसबाट बच्चा बन्छ। यसमा मेल र फिमेल दुवै सेक्सेल हुन्छ र यसलाई कोरलेपछि चल्ला निस्किन्छ। यस अर्थमा अण्डा भेज पनि हुन सक्छ ननभेज पनि।

भारतको सर्वोच्च अदालतले अण्डा भेज हो कि ननभेज भन्ने विषयमा एउटा फैसला नै गरेको छ। धार्मिक स्थलमा अण्डा बेचेको भनेर परेको एउटा रिटमा सर्वोच्चले अण्डा भेज भएकाले बेच्न पाउने आदेश दिएको छ।

पोषणको दृष्टिबाट हेर्ने हो भने अण्डा भरपूर पोषणयुक्त खानेकुरा हो। यसमा प्रोटिन पर्याप्त पाइन्छ। साथै भिटामिन ए, बी१२, बी५, भिटामिन डी, सेलेनियम, आइरन, क्याल्सियम, जिंक, क्याल्सियम, एन्टिअक्सिडेन्ट आदिले भरिपूर्ण छ अण्डा। भिटामिन तथा खनिज अण्डाको पहेंलो भागमा हुन्छ र सेतो भागमा प्रोटिन हुन्छ।

अण्डामा कोलेस्टेरोल अत्यधिक हुन्छ। एक अण्डामा लगभग २१२ मिलिग्राम कोलेस्टेरोल हुन्छ। कोलेस्टेरोल अत्यधिक हुने भएकाले यसको कम उपयोग गर्नु राम्रो मानिन्छ। काँचो अण्डाभन्दा उसिनेको अण्डा वा पकाइएको अण्डा धेरै फाइदाकारी हुन्छ किनभने यसबाट हाम्रो शरीरले धेरै मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छ।

अण्डा दुई रंगको हुन्छ सेतो र ब्राउन। कतिपयलाई लाग्छ- सेतो अण्डा राम्रो हो ब्राउनभन्दा। ब्रेड पनि त ब्राउन राम्रो हुन्छ सेतोभन्दा। अण्डाको सन्दर्भमा यस्तो हुँदैन। कुखुराको ब्रिडका कारण अण्डाको रंग फरक फरक हुन्छ। पोषणका हिसाबले दुवै अण्डा उस्तै हुन्छ।

Related

Previous Post

२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

Next Post

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

Sambridinews

Sambridinews

Related Posts

NADA
FEATURED

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

by Sambridinews
सोमवार, चैत्र ९, २०८२
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

by Sambridinews
आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
Next Post
आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

बिहिबार, फाल्गुन १५, २०८१
मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने : प्रधानमन्त्री प्रचण्ड

मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने : प्रधानमन्त्री प्रचण्ड

आइतवार, फाल्गुन २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

NADA
FEATURED

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

सोमवार, चैत्र ९, २०८२
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

शनिबार, चैत्र ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In