Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी

Sambridinews by Sambridinews
मङ्लबार, साउन ३०, २०८०
in FEATURED, TOP STORIES, अर्थ
0
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले कम्पनीको रेटिङसमेत गराइसकेको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङले प्राधिकरणलाई डबल ए प्लस दिएको छ ।

पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । प्राधिकरण ऐन ०४१ मा रहेको स्पष्ट व्यवस्थाबमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषद्मा गएर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्ने घिसिङले जनाए । अबको करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्नेछ ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

विद्युत् प्रसारण लाइन एवं आयोजनामा निर्माणमा लगानी जुटाउन प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम दरमा सेयर जारीको तयारी गरेको घिसिङले जनाए । ‘अहिले विद्युत् प्राधिकरणको सम्पत्ति करिब ६ खर्ब पुगिसक्यो,’ उनले भने, ‘यो सम्पत्ति सर्वसाधारणलाई दिएर पुनर्लगानी गर्नुपर्छ । सम्पत्ति मल्टीप्लाई गर्दै लैजानका लागि पनि सेयर निष्कासन गर्नुपर्छ ।’

प्राधिकरणलाई आगामी ५ वर्षमा साढे ८ खर्ब लगानी आवश्यक पर्ने र त्यसका लागि पनि प्राधिकरणले प्राथमिक सेयर निष्कासन गर्न लागेको उनको भनाइ छ । ‘आगामी ५ वर्षमा कुल ८ खर्ब ५३ अर्ब लगानी गर्नुपर्ने देखिएको छ,’ घिसिङले भने, ‘धेरै लगानी प्रसारण पूर्वाधार निर्माणका लागि आवश्यक छ ।’ सेयरबाट प्राधिकरणले ५० देखि ७० अर्ब उठाउने लक्ष्य राखेको घिसिङले जानकारी दिए ।

आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ । ०७३/७४ मा १ अर्ब ५० करोड, ०७४/७५ मा ३ अर्ब ४३ करोड, ०७५/७६ मा ९ अर्ब ८१ करोड, ०७६/७७ मा ११ अर्ब ७५ करोड, ०७७/७८ मा ६ अर्ब १० करोड, ०७९/८० मा १३ अर्ब ३७ करोड नाफा गरेको थियो । आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत तथ्यांकअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष नाफामा भने कमी आएको छ ।

प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नाफमा १ अर्ब ४ करोड रुपैयाँको कमी आएको हो । हिउँदमा पानी नपर्दा त्यसको असर नाफामा देखिएको घिसिङले जनाए । आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४४ करोड बराबरको बिजुली किनेको छ भने १० अर्ब ४५ करोड बिक्री गरेको छ ।

बिजुली बेचेर २० अर्ब रुपैयाँ कमाइ गर्ने लक्ष्य राखेको प्राधिकरणले समयमै वर्षात् नभएका कारण बिजुली निर्यात गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर नाफामा देखिएको हो ।

गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्‍न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको घिसिङको भनाइ छ । प्राधिकरणले भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा हाल ४५२ मेगावाट बिजुली बिक्री गरिरहेको छ ।

यस्तै प्राधिकरणको सञ्चित नाफामा बढोत्तरी भएको छ । सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ । त्यस्तै सरकारको कोषमा साँवा–ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको पनि प्राधिकरणले जनाएको छ ।

स्राेत : https://ekantipur.com/news/2023/08/15/169206031987928103.html

Related

Previous Post

ललितानिवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियाे बयान

Next Post

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
थाइल्याण्डमा ३७ वर्षकी पेतोङत्रान सिनावात्रा नयाँ प्रधानमन्त्री

थाइल्याण्डमा ३७ वर्षकी पेतोङत्रान सिनावात्रा नयाँ प्रधानमन्त्री

शुक्रबार, साउन ३२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In