काठमाण्डौं । तपाईं कुनै व्यवसाय गर्दै हुनुहुन्थ्यो तर कारणवस छोडेर जानु पर्ने भयोरु वा तपाईं कुनै चलिरहेको व्यवसाय खरिद गर्न खोज्दै हुनुहुन्छरु या तपाईं कुनै नाम चलेको व्यवसायको आधिकारीक फ्रेन्चाईज खरिद गरेर व्यापार सुरु गर्न चहानुहुन्छरु यी र यस्तै प्रश्नहरुको उत्तर सहित नेपालमा उद्यमीहरुका असार १०, २०८० बाट बिजनेष्ट बजारले आफ्नो आधिकारिक सुरुवात गरेको छ ।
कुनै पनि प्रकारको व्यापार वा व्यवसाय खरिद बिक्री गर्ने नेपालकै पहिलो अनलाई प्लेटफर्मको रुपमा विकास गरिएको बिजनेष्ट बजारले आफ्नो व्यवसायिक सुरुवात गरेको हो । बिजनेष्ट बजारको वेभसाईटमा गई तपाईले आफ्नो व्यापार वा व्यवसायलाई सूचीकृत गरि बिक्री गर्न सक्नु हुनेछ भने सूचीकृत मध्येका आफूले रोजेको व्यवसाय पनि खरिद गर्न सक्नु हुनेछ ।
नेपालमा वार्षिक रुपमा दशौँ हजार कम्पनीहरु दर्ता हुने र त्यस मध्ये ३०५ हाराहारीका कम्पनीहरू मात्र पूर्ण रुपमा संचालनमा आउने गरेको तथ्यांक छन् । संचालनमा नआएका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकमा बृद्धी गर्ने भन्दा धेरै केही गर्न नसकेको कारण नयाँ कम्पनीहरु दर्ता गर्न निरुत्साहन गरि भैरहेका कम्पनी वा व्यवसायहरुको नै खरिद बिक्री होस् र करको दायरामा नभएका त्यस्ता कम्पनीहरुलाई पनि करको दायरमा ल्याउन सकियोस् भन्ने मनसायका साथ बिजनेष्ट बजारको सुरुवात भएको यसका संस्थापक कृष्ण पाल बताउँछन् ।
यसका अलावा अहिले नेपालमा फ्रेन्चाईज बिजनेसले गति लिईरहेको तर यसको उपलब्धता काठमाण्डौ लगायत देशको मुख्य शहरहरुमा मात्र रहेको हुँदा यस किसिमको भौगोलिक सिमिततालाई समेत अन्त्य गर्नका लागि बिजनेष्ट बजारको सुरुवात भएको उनले बताए ।
डिजिटल सर्भिस मार्केटप्लेसको रुपमा विकसित यो वेभसाईटको प्रयोग गरि सेवाग्राहीहरूले व्यापार वा व्यवसाय खरिद बिक्री, भ्यालुएशन, कानूनी परामर्श तथा अन्य सेवा सुविधाहरु पनि लिन सकिने व्यहोरा जानकारी गराएको छ।















