Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुद्दा फिर्ता लिन सकिने व्यवस्था : मानव अधिकार र दण्डहीनता विषयमा आयोगको धारणा

Sambridinews by Sambridinews
शुक्रबार, साउन ५, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
रोम विधान अनुमोदन गर्न आयोगको आग्रह
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन ५ , केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० व्यवस्थापिका संसदमा विचाराधिन अवस्थामा रहेको छ । उक्त विधेयकको दफा ६४ मा रहेको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६क थप गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधानसहित नेपाल सरकारद्वारा व्यवस्थापिका संसदमा पेश गरिएको छ । उक्त दफामा “कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिक मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबिच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौता बमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सकारका वादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधिन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन” भन्ने उल्लेख छ ।

आयोगको सिफारिस र संक्रमणकालीन न्यायमा प्रभाव पार्ने
उल्लिखित कानुनी प्रावधानले जुनसुकै राजनीतिक दल वा समूहले हिंसात्मक तथा गम्भीर प्रकृतिका फौजदारी अपराध गरेको खण्डमा समेत राजनीतिक दल वा समूहका नेता, कार्यकर्ताहरु राजनीतिक सहमतिमार्फत कानुनी कारबाहीको दायराबाट उम्कन सक्ने देखिन्छ । सक्षम अदालतबाट न्यायिक परीक्षण हुन नपाउने वा न्यायिक परीक्षण भैसकेको अवस्थामा मुद्दा फिर्ता लिने कार्यले दोषीले उन्मुक्ति पाउने र आमजनसाधारणमा न्याय प्रणालीप्रतिको विश्वसनीयतमा ह्रास हुँदै जाने खतरा हुन्छ ।
गौरहत्या जस्तो नरसंहारको घटना, द्वन्द्वकालीन हत्या, यौनहिंसा, बेपत्ता जस्ता मुद्दा समेत ओझेलमा पर्न सक्दछ । सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुन पुग्दछन् । यसबाट विगत १७ वर्षदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडितहरु समेत न्यायको अधिकारबाट वञ्चित हुने प्रबल सम्भावना रहन्छ । सङ्क्रमणकालीन न्यायको समाप्ति हुन जान्छ । गम्भीर मानव अधिकार उल्लंघनका विषयमा यो वा त्यो बहानामा कुनै पनि दोषीलाई कुनै पनि प्रकारबाट उन्मूक्ति दिने कार्यमा आयोग सहमत हुन सक्दैन । आयोगले विगतदेखि नै नेपाल सरकार र सम्बद्ध पक्षलाई यस विषयमा पटक–पटक पत्राचार, ध्यानाकर्षण र सुझाव प्रस्तुत गर्दै आएको छ । तर आयोगका सुझावहरु कार्यान्वयन हुन सकेको छैन ।
फौजदारी न्यायको मूल्य, मान्यता र सिद्धान्त विपरित हुने
फौजदारी न्यायको सिद्धान्त अनुसार अपराध पीडितको न्यायिक हकको सुनिश्चित गर्ने र शान्ति सुरक्षाको सुव्यवस्था कायम गर्ने दायित्व राज्यको हुन्छ । राज्य आफ्नो यस दायित्वबाट पञ्छिनु हुँदैन भन्नेमा आयोग दृढ छ । फौजदारी न्याय प्रशासनको दायरालाई सङ्कुचन गर्ने गरी कुनै पनि मुद्दालाई राजनीतिक आवरण दिई दोषीलाई उन्मूक्ति दिँदै जाने हो भने कानुनी शासन र लोकतन्त्रको र्मम एवम् भावनामा नै प्रश्न चिन्ह खडा हुन्छ । यसतर्फ सम्बन्धित पक्ष सचेत हुनै पर्दछ ।
दण्डहीनताले प्रश्रय पाउने
प्रचलित कानुनबमोजिम सामान्य मुद्दा फिर्ता लिँदासमेत अदालतमा निवेदन दिने, अदालतले सुनुवाई गर्ने र अदालतको स्वीकृतिबाट मात्र मुद्दा फिर्ता लिने सामान्य कार्यविधि रहेको छ । तर त्यस्तो कार्यविधिलाई समेत वेवास्ता गरी न्यायपालिकाको भूमिकालाई समेत सीमित गर्दै गराजनीतिक आवरणमा मुद्दा फिर्ता लिने कार्यले पीडितको स्वच्छ सुनुवाइको अधिकार तथा राहत र क्षतिपूर्ति सहितको न्याय पाउने अधिकार माथि कुठाराघात हुन पुग्दछ । पीडितउपर डर, धम्की बढ्न गई अराजकताको अवस्था सिर्जना हुनुका साथै दण्डहीनताले प्रश्रय पाउँदछ ।

You might also like

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

नेपालको संविधानको प्रस्तावनामा नै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणा र दिगो शान्तिको परिकल्पना गरिएको छ । संविधानको धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने उल्लेख गरिएको छ ।
त्यस्तै, संविधानको धारा २१ ले अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीको जानकारी पाउने र कानुनबमोजिम सामाजिक पुनःस्थापना तथा क्षतिपूर्ति सहितको न्याय पाउने हकको सुनिश्चितता गरेको छ । विचाराधिन विधेयकको उक्त प्रावधानउपर संसदीय समितिमा छलफल हुँदा संविधानको प्रस्तवना, धारा १८ को समानताको हक र धारा २१ को अपराध पीडितको हकलाई संवेदनशीलरुपमा लिई निष्कर्षमा पुग्नेछ भन्नेमा आयोग विश्वस्त छ ।

Related

Previous Post

अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठकाे चेतावनी

Next Post

सदस्य–सचिव र मन्सुरीबीच भेट

Sambridinews

Sambridinews

Related Posts

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
Next Post
सदस्य–सचिव र मन्सुरीबीच भेट

सदस्य–सचिव र मन्सुरीबीच भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

शनिबार, जेष्ठ १९, २०८१
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सोमवार, साउन ६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In