Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्षायाममा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ ६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
वर्षायाममा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वर्षायाममा ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्करूपमा बिजुली उपलब्ध गराउने घोषणा गरिएको छ ।

You might also like

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

हाल २० युनिट बराबरको बिजुली खपत गर्नेले रु ३० मात्रै तिरे हुने व्यवस्था छ । देशव्यापीरूपमा ऊर्जाको माग बढाउने र आन्तरिक खपत बढाउने लक्ष्यका साथ सरकारले यस्तो व्यवस्था गरेको हो । वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भए पनि हिउँदमा भने आयात गर्नुपर्ने अवस्थामा नै रहेको छ ।

यस्तै आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यस्तै विपन्न नागरिकको घरमा सरकारले निःशुल्करूपमा बिजुलीको मिटर जडान गरिदिने भएको छ । खाना पकाउनका लागि एलपी ग्यासको क्रमशः विस्थापन गर्दै जाने नीति लिएको सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने भएको छ ।

यस्तै पछिल्ला दिनमा विस्तारित हुँदै गएको हाइड्रोजन इन्धनको बढावा दिने सरकारको लक्ष्य रहेको छ । यस्तै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढोत्तरी गरिने भएको छ ।

सरकारले अन्तर्राष्ट्रियरूपमा जनाएको प्रतिबद्धताअनुसार नै सन् २०४५ लाई शून्य कार्बन उत्सर्जनको नीतिअनुसार स्वच्छ ऊर्जाको बढोत्तरी गर्ने योजना अगाडि सारेको छ । हरित ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम पनि सँगसँगै अगाडि सारिएको छ ।

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई समानरूपमा अगाडि बढाउन लागिएको छ । त्यसमा रहेको दोहोरोपना हटाउने र एकीकृत योजनाअनुसार अगाडि बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका लागि प्रसारण र वितरण प्रणालीको सुधार, स्तरोन्नति तथा नयाँ पूर्वाधार निर्माण गरिनेछ ।

विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन तथा अन्य पूर्वाधार निर्माणको नीति सरकारले अगाडि सारेको छ । निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउने सरकारको नीति तथा कार्यक्रममा समावेश छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०लगायतले निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिन सरकारसँग आग्रह गर्दै आएको छ ।

सरकारले ठूला र जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । सोहीअन्तर्गत बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्रमुख प्राथमिकतामा राखिएको छ । देशका प्रमुख सहरमा भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ । नवीकरणीय ऊर्जालाई राष्ट्रिय प्रणालीमा जोड्ने सरकारको कार्यक्रम छ ।

Related

Previous Post

पदक विजेता वादोरियो कराते टोली फर्कियो

Next Post

काठमाडौंकाे मच्छेगाँउमा महिलाले शरीरमा आगो लगाएर आत्महत्या

Sambridinews

Sambridinews

Related Posts

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
TOP STORIES

बडादसैंकाे टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा

by Sambridinews
बुधबार, कार्तिक ५, २०८३
Next Post

काठमाडौंकाे मच्छेगाँउमा महिलाले शरीरमा आगो लगाएर आत्महत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भक्तपुर २ लाई स्वर्ण

भक्तपुर २ लाई स्वर्ण

बिहिबार, कार्तिक २, २०८०
काठमाडौं मेडिकल कलेजका विद्यार्थी प्रदर्शनमा, सरकारले तोके भन्दा बढी शुल्क लिएकाले फिर्ताको माग

काठमाडौं मेडिकल कलेजका विद्यार्थी प्रदर्शनमा, सरकारले तोके भन्दा बढी शुल्क लिएकाले फिर्ताको माग

मङ्लबार, साउन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहिबार, कार्तिक ६, २०८३
आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
TOP STORIES

बडादसैंकाे टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा

बुधबार, कार्तिक ५, २०८३
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

सोमवार, कार्तिक ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In