Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस

Sambridinews by Sambridinews
मङ्लबार, साउन २४, २०७९
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस

file foto

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, श्रावण २४, प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको छ । ‘आयोगले आफ्नो आन्तरिक कार्यतालिकाका बारेमा अनौपचारिक जानकारी गराइसकेको छ । हामीले गर्नुपर्ने काम अब ४० दिनभित्र सक्नुपर्ने भयो,’ संसद् सचिवालयका एक उच्च अधिकारीले भने । प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयकको संख्या १० वटा छ । यी विधेयक ४० दिनभित्र पारित नभए स्वतः निष्क्रिय हुनेछन् ।

यसअघि व्यवस्थापिका संसद् पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो । तत्कालीन सभामुख ओन्सरी घर्तीले आफ्नो नाम बन्दसूचीमा समावेश भएपछि राजीनामा दिएकी थिइन् । उनले राजीनामासँगै संसद्को कार्यकाल अन्त्य भएको थियो । ‘विगतको अभ्यासअनुसार प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिनसम्म मात्रै हुने निश्चित छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन् । दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ । संविधानको धारा ९१ को उपधारा ६ ९क० मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ । ‘अहिले भएका सांसद नै बन्दसूचीमा परेपछि बाँकी सांसद पनि रहने कुरै आउँदैन,’ सचिवालयका एक कर्मचारीले भने ।

निर्वाचन आयोगले आइतबार स्वीकृत कार्यतालिका आन्तरिक भन्दै गोप्य राखेको छ । ‘सरकारले घोषणा गरेको दिनमा व्यवस्थित रूपमा निर्वाचन गर्न कुन काम कसले, कहिले गर्ने भनेर आन्तरिक रूपमा तयारी गर्न कार्यतालिका बनाएका छौं । यो हाम्रो कामको आन्तरिक चेकलिस्ट हो,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यसलाई सार्वजनिक गर्दैनौं । आवश्यक पर्दा संशोधन पनि हुन्छ ।’

आयोग स्रोतबाट प्राप्त कार्यतालिका संशोधन नभए प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुनेछ । आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । बीचमा उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन् । आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ । प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ ।

आयोगले साउन १९ सम्म दर्ता भएका ११६ दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोमबारसम्म ९ वटा दलले दर्ताका लागि निवेदन दिइसकेको आयोगले जनाएको छ । दल दर्ताको अवधि साउन ३१ सम्म छ । निवेदनमाथि छानबिन भने साउन १ देखि ७ सम्म हुने आयोगले जनाएको छ । दल दर्ता स्वीकृति भदौ ८ मा हुनेछ । आयोगले समानुपातिक निर्वाचनका लागि साउन ३० मा निर्वाचन अधिकृत नियुक्ति गर्ने कार्यतालिका बनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम भदौ १ मै सुरु हुनेछ । समानुपातिक निर्वाचनको मतपत्र मापदण्ड भदौ २० मा स्वीकृत गरी त्यही दिनदेखि छपाइ गरी असोज २५ सम्म सक्ने आयोगको योजना छ । आउँदो निर्वाचनका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ सम्म प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । शनिबारसम्मको नामावली स्थानीय तहको वडा कार्यालयमा टाँसिनेछ । नामावलीमा दाबी विरोध भए सच्याइन्छ । त्यसपछि मात्रै मतदाता अन्तिम मतदाता यकिन गरिन्छ । यसपालि १ करोड ७८ लाख मतदाता हुने आयोगको आकलन छ । मतदाता निश्चित भएपछि मतदानस्थल र मतदान केन्द्र निर्धारण पनि भदौ ३१ मै टुंग्याउने आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति असोज ११ मा गरेर असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापना भएको दुई दिनपछि उम्मेदवारी दर्ता गर्ने योजना बनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ असोज २८ देखि कात्तिक २७ सम्ममा गर्ने आयोगको योजना छ । मतपत्र ढुवानी भने कात्तिक १६ सम्म गरिसक्ने आयोगले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ । मतदान मंसिर ४ बिहान ७ देखि बेलुका ५ बजेसम्म गरेर त्यही दिन मतगणना सुरु गर्ने आयोगको कार्ययोजना छ ।

Related

Previous Post

Economists See Few Monetary Policy Changes With Powell Leading Fed

Next Post

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

शनिबार, चैत्र २४, २०८०
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

आइतवार, असार १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In