काठमाडौं । सोमबार बेलुकी ल्होत्से मलमा भएको लुटपाट तथा तोडफोडबाट ८ करोडभन्दा बढीको क्षति भएको व्यवसायीले दावी गरेका छन ।
ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।
मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत छानविन गरि दोषिलाई कारबाही गर्न र क्षतिपुर्ति दिन सरकारसंग माग गरेका छन् ।
यातायात मजदुरले सोमबार गरेको विरोध प्रर्दशनका क्रममा नयाँ बसपार्क क्षेत्रमा रहेको लोत्से महलमा एक समुहले लुटपाट गर्नुका साथै मोबाइल चोरेका थिए ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।