काठमाडौँ – उज्यालो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई भान्साको मुख्य सारथीका रूपमा प्रस्तुत गरेको छ।
माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र प्रयोग हुन्छ भन्ने आम बुझाइलाई बदल्दै कम्पनीले यस तिहारमा ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले चाडपर्वका विशेष परिकारहरू तयार गर्न सकिने जनाएको छ। सिजी माइक्रोवेभ ओभनको मद्दतले तिहारका लागि आवश्यक विभिन्न परिकारहरू घरमै सजिलै बनाउन सकिनेछ:
- भाइ मसला रोस्टिङ: काजु, बदाम, पिस्ता र ओखर जस्ता भाइ मसलालाई कराइमा डढ्ने डरबिना ओभनमा केही मिनेटमै क्रिस्पी र स्वादिष्ट रूपमा रोस्ट गर्न सकिन्छ।
- घरमै स्वादिष्ट मिठाई: बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा र चकलेटहरू घन्टौं आगोमा नउभिएरै छिटो र सजिलै तयार पार्न सकिन्छ।
- बेकिङ र ग्रिलिङ: भाइटीकामा उपहार दिन घरमै बनाइएको केक र कुकिजका साथै पारिवारिक जमघटका लागि पनिर र मासुका परिकारहरू ग्रिल गर्न यसको कन्भेक्सन र ग्रिल फिचर उपयोगी रहेको छ।
- परिकारको ताजापन: अघिल्लै दिन बनाइएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारहरूलाई पाहुना आउँदा तुरुन्तै तताएर भर्खरै पकाएको जस्तै ताजा र क्रिस्पी बनाउन सकिन्छ।
कम्पनीले ग्राहकहरूको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै बजारमा २० देखि ३५ लिटर क्षमतासम्मका सोलो (Solo), ग्रिल (Grill), र कन्भेक्सन (Convection) गरी जम्मा ६ वटा विभिन्न मोडलका माइक्रोवेभ ओभनहरू उपलब्ध गराएको छ। जसमध्ये २ वटा मोडलहरू प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ (CG Meridia) का रहेका छन् भने बाँकी ४ वटा मोडलहरू सिजी ब्रान्ड अन्तर्गत छन्। यी उपकरणहरूमा रहेको ‘अटो कुक मेनु’ (Auto Cook Menu) ले परिकारअनुसार आफैं समय र तापक्रम मिलाउने हुँदा भान्साको काम झन्झटमुक्त र स्मार्ट बन्ने कम्पनीको दाबी छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका यी उत्पादनहरू देशभरका २२ वटा सिजी डिजिटल शोरुमहरू, आधिकारिक वेबसाइटहरू ([www.cgdigital.com](https://www.cgdigital.com).np, [www.cginspiringlife.com](https://www.cginspiringlife.com)) तथा बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिन्छ।
बिक्रीपछिको सेवा (After-sales Service) लाई सहज बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत उत्कृष्ट सेवा सुनिश्चित गरिएको कम्पनीले जनाएको छ। थप जानकारीका लागि टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न वा ‘CG cares’ एप डाउनलोड गर्न सकिनेछ।













