काठमाडौँ। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालीहरूको महान् पर्व दशैँ–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व क्याम्पियन ‘सुनको सवारी’ सुरु गरेको छ। ५ हप्तासम्म सञ्चालन हुने यस क्याम्पियनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड पूरा गरी विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।
यो क्याम्पियन अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म जारी रहनेछ। दशैँ र तिहारको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट, टीका र अन्य चाडपर्वका गतिविधिहरूले गर्दा यात्राको आवश्यकता बढ्ने भएकाले यात्रुहरूको दैनिक यात्रालाई थप उत्साहपूर्ण र यादगार बनाउने उद्देश्यले इनड्राइभले यो अफर ल्याएको हो।
‘सुनको सवारी’ क्याम्पियनअन्तर्गत यात्रुहरूले हरेक हप्ता पूरा गर्ने राइड्सको सङ्ख्याका आधारमा विभिन्न लक्की ड्रामा सहभागी हुने अवसर पाउनेछन्:
- ५ वा सोभन्दा बढी राइड्स: ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्राका लागि योग्य।
- ३ वा सोभन्दा बढी राइड्स: ३२ इन्चको सामसुङ स्मार्ट टिभी जित्ने अवसर।
- कमसेकम १ राइड: स्मार्टवाचको लक्की ड्रामा सहभागी हुने अवसर।
यस ५ हप्ताको अवधिमा इनड्राइभले यात्रुहरूलाई कुल ६ वटा ५ ग्रामका सुनका सिक्का, ६ वटा ३२ इन्चका सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच प्रदान गर्नेछ। इनड्राइभमार्फत यात्रा पूरा गरेपछि यात्रुहरू स्वतः लक्की ड्राका लागि योग्य हुनेछन्।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरका अनुसार, “दशैँ र तिहार नेपालीहरूका लागि परिवार, आफन्त र समुदायसँग जोडिने विशेष समय हो। ‘सुनको सवारी’ मार्फत हामी यात्रुहरूको चाडपर्वको यात्रालाई अझ रमाइलो र विशेष बनाउन चाहन्छौँ। दैनिक यात्रा गर्दा उपहार जित्ने अवसरले यात्रुहरूमा थप उत्साह र खुसी थप्नेछ।”
यो क्याम्पियन नेपाली चाडपर्वसँग जोडिएको समृद्धि, शुभता र भाग्यको सांस्कृतिक भावनाबाट प्रेरित छ। दशैँको समयमा खेलिने रमाइलो तथा भाग्यसँग सम्बन्धित गतिविधि र तिहारमा सुनलाई समृद्धिको प्रतीक मानिने परम्परालाई यात्रासँग जोड्दै इनड्राइभले यो अवधारणा ल्याएको हो।
क्याम्पियन अवधिभर इनड्राइभले आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विजेताहरूको घोषणा गर्नेछ। साथै, डिजिटल सामग्री र इन्फ्लुएन्सरहरूमार्फत प्रचार–प्रसार गरिने जनाइएको छ।














