Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — मुलुकको बैंकिङ प्रणाली सर्वसाधारणको निक्षेप र अगाध विश्वासमा अडिएको स्मरण गराउँदै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले वित्तीय क्षेत्रप्रति अति संवेदनशील भएर नीति निर्माण र व्यवहार गर्न सरकार तथा सरोकारवाला निकायहरूसँग आग्रह गरेको छ। सिबिफिनद्वारा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले बैंकिङ प्रणालीमा देखिने जोखिमलाई समयमै गम्भीरतापूर्वक सम्बोधन नगरे समग्र अर्थतन्त्र नै संकटमा पर्न सक्ने चेतावनी दिए।

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’सँग तुलना गर्दै कार्यवाहक अध्यक्ष उपाध्यायले भने, “हाम्रो शरीरमा मुटुले जसरी रक्तसञ्चार प्रणाली मेन्टेन गर्छ, अर्थतन्त्रमा बैंकले त्यसरी नै क्यास फ्लो गर्ने भएकाले मुटुको ठाउँमा हामीले बैंकिङ सेक्टरलाई राखेर बुझ्नुपर्छ।”

You might also like

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

जलवायु जोखिम र पूर्वाधार क्षेत्रमा चुनौती

प्राकृतिक विपद्का कारण विशेष गरी जलविद्युत् जस्ता पूर्वाधार क्षेत्रमा बैंकहरूको ठूलो लगानी जोखिममा परेको बताउँदै सिबिफिनले यस्ता अनपेक्षित संकटबाट वित्तीय क्षेत्रलाई जोगाउन नेपाल राष्ट्र बैंकले व्यावहारिक र लचिलो नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ।

जलवायुजन्य क्षतिलाई केवल बैंकको ऋण जोखिमका रूपमा नहेरी राष्ट्रिय तहको सामूहिक जोखिमका रूपमा मूल्यांकन गरिनुपर्ने उपाध्यायको तर्क छ। बीमाबाट क्षतिपूर्ति भए तापनि समग्र अर्थतन्त्रमा हुने क्षति राष्ट्रिय नोक्सानी भएकाले अबका दिनमा लगानी गर्दा जलवायु जोखिमलाई बेवास्ता गर्न नहुने उनले बताए।

सुस्त अर्थतन्त्र, कर्जाको माग र लगानीको वातावरण

पछिल्लो समय सुस्त आर्थिक गतिविधि, घट्दो उपभोग र जनसांख्यिक परिवर्तनका कारण बजारमा कर्जाको माग घटिरहेको सिबिफिनको ठम्याइ छ। यस परिस्थितिलाई सुधार गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सहज वातावरण बनाउनुपर्ने, आन्तरिक उत्पादन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने र बैंकिङ क्षेत्रलाई समग्र अर्थतन्त्रको चक्रसँग जोडेर नीति बनाउनुपर्ने सुझाव दिइएको छ।

साथै, धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि चालेका कदमले दोस्रो बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताउँदै बैंक तथा वित्तीय संस्थामा नयाँ लगानीकर्ता र सेयरधनीहरू भित्र्याउन नीतिगत बाटो खोल्नुपर्ने उल्लेख गरियो।

सीएसआर र पुँजीकोषसम्बन्धी नीतिगत माग

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हुने खर्च करपछिको खुद मुनाफाबाट गरिने भएकाले अत्यधिक नियन्त्रणकारी नीतिले सामाजिक काममा अवरोध पुग्ने सिबिफिनको भनाइ छ। सरकारले सीएसआर रकमलाई थप नियन्त्रण गर्ने गरी कानुन बनाउन लागेको भए त्यसमा पुनर्विचार गर्दै बैंकहरूलाई बजेट परिचालनमा लचिलोपन दिन माग गरिएको छ।

कार्यक्रममा सिबिफिनका महासचिव मनोज गोयलले नेपालको अर्थतन्त्र लामो समयदेखि उपभोग र आयातमा निर्भर रहेकाले त्यसको गम्भीर असर बैंकिङ क्षेत्रमा देखिएको बताए। उपाध्यक्ष दिलिप मुनकर्मीले बैंकिङ क्षेत्रमा प्राथमिक पुँजीकोषको दबाब बढ्दै गएको जानकारी दिँदै संस्थापक सेयरधनीहरू सम्मानजनक रूपमा बाहिरिन चाहेमा सहज र व्यवस्थित कानुनी बाटो बनाइदिनुपर्नेमा जोड दिए।

वित्तीय क्षेत्रको स्थायित्व कायम राख्दै लगानी, उत्पादन र आर्थिक गतिविधि विस्तार गर्न सरकार तथा नियामक निकायले दीर्घकालीन र व्यावहारिक नीति बनाउनुपर्ने सिबिफिनको निष्कर्ष छ।

Related

Previous Post

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

Sambridinews

Sambridinews

Related Posts

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

by Sambridinews
बिहिबार, अशोज ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

मङ्लबार, असार १९, २०८०
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In