Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

Sambridinews by Sambridinews
सोमवार, अशोज ५, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरहरूले सफलतापूर्वक पूरा गरेका छन्। ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपत्कालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायहरूप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित उक्त तालिमले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिने गरी तयार पारिएको यो अनलाइन कोर्सले ड्राइभर पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न, यात्रीसँग व्यावसायिक व्यवहार कायम राख्न तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा सम्हाल्न आवश्यक व्यावहारिक जानकारी प्रदान गर्दछ। हालसम्म १५ सयभन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी इनड्राइभबाट डिजिटल प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन्।

You might also like

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

करिब २० मिनेटमा पूरा गर्न सकिने गरी तयार पारिएको यस कोर्समा मुख्यतः अन-प्लेटफर्म सुरक्षा तथा व्यावसायिक सीमाहरू, राइड-हेलिङ सेवाका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान तथा आपत्कालीन अवस्था, रिपोर्टिङ र SOS सुविधाको प्रयोगसम्बन्धी विषयहरू समेटिएका छन्।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार, “१,५०० भन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो। ड्राइभरहरू दिनको धेरै समय सडकमा बिताउँछन् र प्रत्येक दिन विभिन्न परिस्थितिको सामना गर्छन्। त्यसैले उनीहरूलाई व्यवहारमा उपयोगी हुने सुरक्षासम्बन्धी जानकारी उपलब्ध गराउनु अत्यन्त महत्त्वपूर्ण छ।”

त्यसैगरी, इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मन्जिता गुरुङले ड्राइभर पार्टनरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउन नपरोस् भन्ने उद्देश्यले कोर्सलाई सरल, छोटो र सहज रूपमा तयार पारिएको बताइन्।

तालिम पूरा गरेका मोटरसाइकल ड्राइभर पार्टनर विशाल पाख्रिन र क्याब ड्राइभर पार्टनर कमल घिमिरेले यस तालिमले सडक सुरक्षा, आपत्कालीन अवस्था, SOS सुविधाको प्रयोग तथा यात्रीहरूसँगको व्यावसायिक व्यवहारका विषयमा स्पष्ट र व्यावहारिक जानकारी दिएको प्रतिक्रिया दिएका छन्।

सेफ ड्राइभिङ अनलाइन कोर्सका तीन मुख्य मोड्युलहरू:

  • कोर्स A – अन-प्लेटफर्म सुरक्षा र व्यावसायिक सीमाहरू: प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने क्रममा यात्रीसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कसरी कायम राख्ने र यात्राका क्रममा आवश्यक व्यावसायिक सीमा पहिचान तथा कायम राख्ने विषयमा केन्द्रित।
  • कोर्स B – राइड-हेलिङका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान: डिफेन्सिभ ड्राइभिङ अभ्यास, बढी ट्राफिक हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानी र दैनिक रूपमा उपयोगी सडक सुरक्षा अभ्याससम्बन्धी जानकारी।
  • कोर्स C – आपत्कालीन अवस्था, रिपोर्टिङ र SOS प्रयोग: आपत्कालीन अवस्थामा शान्त, सुरक्षित र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सहयोग पुर्‍याउने, inDrive एपमा उपलब्ध SOS सुविधा प्रयोग गर्ने तरिका र कुनै घटना भएमा उपयुक्त माध्यमबाट रिपोर्टिङ गर्ने प्रक्रिया।

इनड्राइभले ड्राइभर पार्टनरको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Related

Previous Post

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

Next Post

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

Sambridinews

Sambridinews

Related Posts

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

by Sambridinews
सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

by Sambridinews
सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

शुक्रबार, अशोज २४, २०८२
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

सोमवार, बैशाख १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In