Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

Sambridinews by Sambridinews
शनिबार, भदौ १३, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ १३ गते । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्न अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका स्टार स्पाइकर उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो । उनको आगमनले टोलीको आक्रमणलाई थप बलियो, प्रभावकारी र सन्तुलित बनाउने विश्वास क्लबले लिएको छ ।

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

२१ वर्षीय उरानबायर मंगोलियाको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । हालै आफ्नै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन उनले महत्वपूर्ण योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उरानबायर बेस्ट सर्भर समेत घोषित भएका थिए ।

६ फिट ६ इन्च अग्ला उरानबायर शक्तिशाली स्पाइक र प्रभावकारी सर्भका लागि परिचित छन् । युवा उमेरमै राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले मंगोलियाका विभिन्न क्लबका साथै दक्षिण कोरियामा समेत  भलिबल खेलिसकेका छन् ।

उरानबायरले मंगोलिया प्रिमियर लिग २०२५–२६ मा दार्खान मोगुल्सबाट उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को अवार्ड जितेका थिए । दार्खान मोगुल्सबाट खेलेका उनी सोही प्रतियोगितामा बेस्ट आउटसाइड हिटर समेत घोषित भएका थिए ।

उरानबायर अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी  हुन् । टोलीले बाँकी विदेशी खेलाडीहरुको घोषणा पनि छिट्टै गर्ने जनाएको छ ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको अन्नपूर्ण स्पाइकर किंग्समा  गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीका रूपमा रहेका छन् । उनले केही समयमअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । गण्डकी प्रदेशकै रमेश केसी मुख्य प्रशिक्षक तथा नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकका रूपमा टोलीमा छन् ।

केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका अर्का खेलाडी राजेन्द्र धामी पनि अन्नपूर्ण स्पाइकर किंग्सको टोलीमा रहेका छन् ।

टोलीमा गण्डकी प्रदेशका अनुभवी तथा चर्चित खेलाडी रबी केसी, विश्वास अधिकारी, विवश आले र सुरेन्द्र केसी र उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका लिबेरो जितबहादुर शार्की पनि टिममा छन् । यस्तै देव राना पनि यस टिममा छन् ।

युवा प्रतिभालाई अवसर दिने उद्देश्यअनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ । एनभीएलको प्रावधानअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत एक जना युवा खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ ।

स्वदेशी तथा विदेशी खेलाडीको सन्तुलित संयोजन, अनुभवी तथा युवा प्रतिभाको मिश्रण र बलियो प्रशिक्षक टोलीसहित अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

नेपाल भलिबल लिगको पहिलो संस्करण यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको कभर्डहलमा आयोजना हुँदैछ ।

Related

Previous Post

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

Next Post

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण

गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण

बुधबार, मंसिर १२, २०८१
एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

शुक्रबार, जेष्ठ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In