Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

Sambridinews by Sambridinews
मङ्लबार, साउन २६, २०८३
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। कार्यक्रम को उद्घाटन नेकपा एमालेका सचिव तथा पोलिटब्युरो सदस्य भानुभक्त ढकालले गर्नु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन सामग्री उत्पादक कम्पनी लि–निङ रहेको छ।

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

साउन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ६० जिल्ला तथा तीन विभागीय टोलीका खेलाडी सहभागी छन्। पछिल्लो विवरणअनुसार प्रतियोगितामा ५१८ खेलाडीले १५ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा शीर्ष आठ वरीयताका महिला तथा पुरुष एकल, शीर्ष आठबाहेकका महिला तथा पुरुष एकल, महिला तथा पुरुष खुला युगल, यू–११, यू–१५ र यू–१९ छात्र तथा छात्रा एकल, ३५ वर्षमाथिको खुला युगल तथा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल विधा समावेश छन्।

उद्घाटन समारोहमा खेलकुद क्षेत्रका पदाधिकारी, खेलाडी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगलमा विदेशी खेलाडीसमेत सहभागी हुँदैछन्। पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टन विश्व महासंघका सदस्य वाजिद अली चौधरीको पनि प्रतियोगितामा उपस्थिति रहने बताइएको छ।

प्रतियोगितामा शीर्ष आठ वरीयता महिला तथा पुरुष र शीर्ष एक वरीयता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । शीर्ष आठका खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ ।
समूहबाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद एक हजार ५०० प्राप्त गर्नेछन् । प्रत्येक विजय बापत थप एक हजार ५०० प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विजयी खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छन् । उपबिजेताले नगद ३५ हजार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।
शीर्ष आठ बाहेकका पुरुष/महिला एकलमा विजयी खेलाडीले नगद ३० हजार, उपविजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले सात हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगलतर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्नेछन् । यु–११ तर्फका विजयी खेलाडीहरूले क्रमशः नगद १५ हजार, आठ हजार र चार हजार, यु–१५ तर्फका विजयीले नगद २० हजार, १० हजार र पाँच हजार तथा यु–१९ का विजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५०० प्राप्त गर्नेछन् ।
३५ वर्षमाथिको युगल, ४५ र ५५ वर्षमाथि मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद ४० हजर, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

Related

Previous Post

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

Next Post

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

आइतवार, कार्तिक १३, २०७९
ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

शुक्रबार, असार १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In