Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

Sambridinews by Sambridinews
बुधबार, साउन १३, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल । नेपाल डेरी एसोसिएसनले “खिरको परिकार: किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान” भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय खिर दिवस भव्य रूपमा मनाउने भएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ गतेलाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आइएको छ। सोही अवसरमा एसोसिएसनले साउन १३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय पदाधिकारीहरू, उद्योगी, कलाकार तथा पत्रकारहरूको सहभागिता रहनेछ। साथै एसोसिएसनका सातै प्रदेश तथा जिल्ला समितिहरूले पनि आ-आफ्नो क्षेत्रमा विविध चेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिइएको छ।

यस वर्षको साउन १५ गते देशभर करिब १ करोड लिटर दूध खपत भई १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। यसले दुग्ध किसान, स्थानीय डेरी उद्योग, र समग्र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष तथा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

असार महिनाभर किसानहरूले धान रोपाइँमा गरेको कठिन श्रमपछि साउन १५ मा परिवार, आफन्त र समुदायसँग खुसी साटासाट गर्दै खिर खाने परम्परा नेपाली समाजमा रहँदै आएको छ।

  • धार्मिक महत्त्व: हिन्दू धार्मिक ग्रन्थहरूमा खिरलाई शुद्ध, पवित्र र सात्त्विक भोजनका रूपमा मानिन्छ। पुराणहरूमा राजा दशरथले पुत्रेष्टि यज्ञपछि प्राप्त पायस (खिर) आफ्ना रानीहरूलाई खुवाएपछि भगवान् राम, भरत, लक्ष्मण र शत्रुघ्नको जन्म भएको धार्मिक प्रसङ्ग छ।
  • पोषण र स्वास्थ्य: दूध, चामल, चिनी/गुड, घिउ र सुक्खा फलफूलबाट तयार हुने खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व प्रदान गर्छ। यसले हड्डी, दाँत र मांसपेशी बलियो बनाउनुका साथै बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकको पोषणमा सहयोग पुर्‍याउँछ।

यस वर्षको खिर प्रवर्द्धन कार्यक्रममा निम्न संघ–संस्थाहरूले सहकार्य गरेका छन्:

  1. नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ
  2. नेपाल डेरी एसोसिएसन, वागमती प्रदेश
  3. रोटरी क्लब कपन
  4. अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनियर्स
  5. दुग्ध विकास संस्थान (डिडिसी)
  6. मौलिक भान्छा घर
  7. कृषि विकास बैंक लिमिटेड

“हाम्रो मौलिक खाना, चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व हो। साउन १५ मा स्वदेशी दुग्धजन्य पदार्थको उपभोग बढाएर किसान र डेरी उद्योगलाई सुदृढ बनाउन सहयोग गरौँ।”

— प्रल्हाद दाहाल, अध्यक्ष (नेपाल डेरी एसोसिएसन)

Related

Previous Post

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

Next Post

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

सिजी ब्रान्डले आफ्नो 'मेरिडिया सिरिज' अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ 'सिंगलडोर' फ्रिजहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खोटाङ भुकम्प अपडेट

भूकम्पले घर भत्किँदा डाेटीमा ६ जनाको मृत्यु

बुधबार, कार्तिक २३, २०७९
विश्व उपभोक्ता मंचद्धारा पत्रकार गैरे सम्मानित

विश्व उपभोक्ता मंचद्धारा पत्रकार गैरे सम्मानित

शनिबार, फाल्गुन ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In