Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

Sambridinews by Sambridinews
बुधबार, साउन १३, २०८३
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउन १३, कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ। सनवे कलेजले आयोजना गरेको कार्यक्रममा ५० बढी इन्नोभेसनको शोकेस तथा प्रतिस्प्रधा भएको थियो । यसैगरि एआइ, ड्रोन र रोबोटिक्स सम्वन्धि प्यानल, वर्कशप र राउण्डटेवल छलफल पनि सन्चालन भएको थियो ।

सनवे कलेजको आयोजनामा सम्पन्न उक्त फेस्टमा शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान, नवप्रवर्तन तथा स्टार्टअप क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनीमा ५ हजारबढीले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ज्ञान आदान–प्रदान, सीप विकास, सहकार्य र नवप्रवर्तनको संस्कृति प्रवर्द्धन गर्नुका साथै एआई तथा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव उपलब्ध गराउनु थियो।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

कम्प्युटर बैज्ञानिक मुनि बहादुर शाक्यले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे, नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, पुर्वमन्त्री गणेश शाह, सफ्टएड ग्रुपमा अध्यक्ष बिज्ञान श्रेष्ठ लगायतले उद्घाटन कार्यक्रममा बोल्दै इन्नोभेसनको प्रवर्धनमा सन्वे कलेजले गरेको प्रयासलाइ स्रहाना गर्दै इकोसिस्टमको विकासमा सबै मिलेर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको उद्घाटन क्रममा बोल्दै सनवे कलेजका निर्देशक खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान र समाधान खोज्ने सोचबाट सुरु हुने उल्लेख गर्दै शिक्षा नयाँ प्रविधिको प्रयोगमा मात्र सीमित नरही प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता, प्रदर्शनी तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शन सञ्चालन गरिएको थियो। सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।

कार्यक्रमको विशेष प्यानल सेसन ‘नेपाल इन द इरा अफ फिजिकल एआई’ बिषयमा राष्ट्रिय योजना आयोगका सदस्य  प्रा.डा. सुदन झाले किनोट प्रस्तुति राखेका थिए । नेपाल सरकारले एआइ कम्युटिङ र इन्नोभेसनलाइ प्राथमिकतामा राखेको बताउदै झाले अबको समय फिजिकल एआईको प्रभाव रहने बताए ।

 काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका एसोसिएट डिन प्रा. डा. बालकृष्ण बल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सञ्जय पौडेल, बडी एन्ड डाटाकी प्रमुख कार्यकारी अधिकृत डा. दोभान राई तथा कोलोराडो विश्वविद्यालयका अनुसन्धान फेलो डा. निरज पुडासैनी ले नेपालमा एआईको विकास, नीति, अनुसन्धान, साइबर सुरक्षा, डाटा गोपनीयता तथा उद्योग–शिक्षा सहकार्यका विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा रोबोटिक्स तथा ड्रोन वर्कसप, भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता, ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ र ‘एआई टक सिरिज’ रहेका थिए। यी सत्रहरूमा एआईको पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति, डाटा गोपनीयता तथा दैनिक जीवनमा प्रयोगका अवसर र चुनौतीबारे विज्ञहरूले विचार र अनुभव आदान–प्रदान गरेका थिए।

त्यसैगरी फेस्टअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्सपो र मक इन्टरभ्यु सत्र सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले विभिन्न कम्पनीका मानव स्रोत विज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता दिँदै रोजगारीका अवसर, करिअर योजना तथा व्यावसायिक तयारीबारे उपयोगी अनुभव प्राप्त गरेका थिए।

कार्यक्रममा १५ भन्दा बढी कम्युनिटी पार्टनरहरूले नवप्रवर्तन, प्रविधि, स्टार्टअप तथा विद्यार्थी समुदायलाई जोड्ने विभिन्न गतिविधिमा सहकार्य गरेका थिए। साथै समर्पित गेमिङ जोन, फुड स्टल, फोटो बुथ तथा अन्तरक्रियात्मक डेमोहरूले सहभागीलाई प्रविधिसँगै मनोरञ्जनात्मक अनुभव पनि प्रदान गरेको आयोजकले जनाएको छ।

फेस्टमा यान्ट्रा एक्स ले नेपालमा रोबोटिक्स तथा फिजिकल एआईको सम्भावना र अन्तर्राष्ट्रिय अवसरबारे विशेष प्रस्तुति दिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीहरूलाई केवल प्रविधि प्रयोगकर्ता नभई प्रविधि निर्माणकर्ता बन्न प्रेरित गर्ने वातावरण तयार गरेको थियो।

प्रतियोगिताका उत्कृष्ट टोलीहरूलाई विभिन्न संस्थाले विशेष पुरस्कार तथा प्रोत्साहन प्याकेज प्रदान गरेका थिए। एनसेल ले उत्कृष्ट तीन विजेता समूहलाई डेटा र भ्वाइसको अनलिमिटेड प्याकेज उपलब्ध गराएको थियो भने खल्ती ले ११ टोलीलाई प्रति समूह रु. ५,००० बराबरको विशेष प्याकेज प्रदान गरेको थियो। त्यस्तै यति क्लाउड डट एआई ले ११ टोलीलाई ६ महिनाका लागि निःशुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको थियो। ONE BNPL ले Public Choice Award विजेता टोलीलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरेको थियो।

सनवे कलेजका अनुसार ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ ले नेपालमा एआई, रोबोटिक्स, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको इकोसिस्टम सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमले विद्यार्थी, उद्योग, अनुसन्धानकर्ता र नीति निर्माण तहबीच सहकार्यको पुल निर्माण गर्दै नेपालको डिजिटल भविष्यतर्फ सकारात्मक ऊर्जा प्रदान गरेको आयोजकको विश्वास छ।

Related

Previous Post

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

Next Post

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय

सोमवार, जेष्ठ १२, २०८२
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश

बिहिबार, पुस २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In