Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

Sambridinews by Sambridinews
मङ्लबार, साउन १२, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ । सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

अप्रिल २०२६ मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो । महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको पेसामा प्रवेश गर्न बाधा पु¥याउने सामाजिक तथा व्यावहारिक अवरोधलाई कम गर्न पनि कार्यक्रमले जोड दिएको छ ।

प्रशिक्षण अवधिभर सडक सुरक्षालाई व्यावसायिक दक्षताको महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । सहभागीहरूलाई व्यावहारिक राइडिङ प्रशिक्षणसँगै सडक सुरक्षासम्बन्धी मार्गदर्शन प्रदान गर्नुका साथै औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गरिएको थियो ।

प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो ।

व्यक्तिगत सुरक्षालाई पनि प्रशिक्षणको छुट्टै महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । फाइटब्याक नेपाल सँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई सम्भावित सुरक्षा चुनौती पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा व्यवहारिक रूपमा सामना गर्न सक्ने सीप विकास गर्न सहयोग गरेको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले भने, “सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो र यसमा प्रत्येक चालकको महत्वपूर्ण भूमिका हुन्छ । हामी सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सधैं सचेत रहन र अनुभव बढाउँदै निरन्तर सिकिरहन आग्रह गर्छौं । सबै सहभागीलाई बधाई दिँदै व्यावसायिक चालकका रूपमा उनीहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गर्दछौं ।”

मोबिलिटीमा महिलाको पहुँच विस्तार

यस समूहका महिलाका लागि सवारी चालक अनुमतिपत्र केवल आम्दानीको माध्यम मात्र नभई आफ्नो काम, शिक्षा, स्वास्थ्य सेवा तथा बजारसम्म आफ्नै समयअनुसार स्वतन्त्र रूपमा पुग्ने अवसर पनि हो । यसले सार्वजनिक यातायातको समयतालिका वा परिवारका अन्य सदस्यमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सहयोग पु¥याउँछ ।

दुईपाङ्ग्रे सवारीमा आधारित राइड–हेलिङ सेवाले चारपाङ्ग्रे सवारी पुग्न कठिन हुने साँघुरा गल्ली तथा अन्तिम गन्तव्यसम्म पनि सेवा पु¥याउन सक्छ । सामान्यतया यसको भाडा पनि चारपाङ्ग्रे सवारीको तुलनामा कम हुने गर्दछ । राइड–हेलिङ सेवामा महिलाको सहभागिता बढ्दा यात्रुहरूले आफूलाई उपयुक्त चालक छनोट गर्ने थप अवसरसमेत पाउनेछन् ।

प्रमाणपत्र वितरण समारोह

प्रमाणपत्र वितरण समारोहमा साझेदार संस्थाका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।

समारोहमा इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरे । कार्यक्रममा सहभागी १० जना महिलाको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

समारोहका क्रममा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो । यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभ साउथ एसियाकि कम्युनिकेसन म्यनाजर शेरिन एर्विना कौरले भनिन्, “हामीले विभिन्न बजारमा एउटै अवस्था देखिरहेका छौं, राइड माग्ने यात्रुमध्ये धेरै महिला छन्, तर उनीहरूलाई राइड दिने चालकमा महिलाको संख्या निकै कम छ । यो महिलाले यस्तो काम गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने विषय थिएन। मुख्य प्रश्न उनीहरूका लागि यो पेसामा प्रवेश गर्ने बाटो उपलब्ध थियो कि थिएन भन्ने थियो । नेपालमा सञ्चालन गरिएको पहिलो समूहले तालिम, लाइसेन्स र प्लेटफर्ममा पहुँचलाई एउटै यात्राका रूपमा जोड्दा कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने देखाएको छ। हामी अन्य बजारमा पनि यसबाट सिक्दै कार्यक्रमलाई अघि बढाउनेछौं ।”

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले भनिन्, “सीप विकास तालिम यस यात्राको एउटा हिस्सा मात्र हो । सामाजिक सोच र धारणाले पनि उत्तिकै महत्व राख्छ, र महिलाले ड्राइभिङ सुरु गरेपछि उनी प्रवेश गर्ने वातावरण पनि महत्वपूर्ण हुन्छ । ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलालाई लाइसेन्स प्राप्त गर्नेदेखि आत्मविश्वास विकास गर्ने, परिवारमा यसबारे संवाद गर्ने र आम्दानीको अवसर सिर्जना गर्नेसम्म हरेक पक्षमा सहयोग गर्ने गरी तयार गरिएको हो । जब धेरै महिलाहरू यो पेसामा आउँछन्, यात्रुहरूले पनि लाभ पाउँछन्, उनीहरूसँग आफूलाई राइड गराउने चालक छनोट गर्ने थप विकल्प हुन्छ ।”

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलाका लागि थप सहयोगी वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो । जब धेरै महिलाहरूले सवारीको स्टेयरिङ समाउँछन्, उनीहरूले नेपाललाई थप समावेशी भविष्यतर्फ अघि बढाउन पनि भूमिका खेलिरहेका हुन्छन् ।”

इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले भनिन्, “‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ ले अन्यायलाई चुनौती दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने इनड्राइभको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । मानिस र समानतालाई केन्द्रमा राखेर अघि बढाइएको यस पहलको हिस्सा बन्न पाउँदा म गर्व गर्छु ।”

Related

Previous Post

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

Next Post

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

सोमवार, अशोज ७, २०८१
एक लिटर बिच्छीको विषको मूल्य १३ करोड किन ?

एक लिटर बिच्छीको विषको मूल्य १३ करोड किन ?

शनिबार, साउन १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In