Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

Sambridinews by Sambridinews
सोमवार, साउन ४, २०८३
in TOP STORIES, अर्थ
0
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं, साउन ४ । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच दिपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा दुवै पक्षले नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा दुई चेम्बरबीच समझदारीपत्र -एमओयू) मा हस्ताक्षर गरी सहकार्यलाई संस्थागत बनाउने सहमति गरेका छन् ।
सहकार्यअन्तर्गत स्पेन चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्च महिनामा करिब आठदेखि नौवटा स्पेनी कम्पनीहरूको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ लगानीका अवसरहरूको खोजी गर्न व्यवसायिक फोरम आयोजना गर्ने योजना रहेको छ ।
छलफलका क्रममा व्यापार तथा लगानी प्रवद्र्धनका लागि सरकारी तहको सहकार्यलाई पनि प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ -ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरहरूको उपयोग गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।
दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन क्षेत्रलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन् ।
बैठकमा नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादनहरूको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउँदै द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, साथै डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा समेत जोड दिएका छन् ।
दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
भेटवार्ताको अन्त्यमा दुवै चेम्बरका प्रतिनिधिहरूले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेनबीचको व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

Related

Previous Post

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

Next Post

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

आइतवार, पुस १०, २०७९
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

शनिबार, मंसिर १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In