२ साउन, काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमान अनुसार नेपालभर मनसुन सक्रिय भई देशभरी भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।
वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, र डुबानको जोखिमलाई मध्यनजर गर्दै रात्रिकालिन यात्रा नगर्ने सुझाव दिएकाे छ ।
यसैगरी विपि राजमार्ग सहित काठमडाैं उपत्यका प्रवेश गर्ने नाकाहरमा रात्रीकालि सवारी यातायातमा सतर्कता अपनाउन भनिएकाे छ। सम्भावित जाेखिमलाइ मध्यनजर गर्दै आज र भोली रात्रीकालिन सवारी तथा यात्रु आवागमनलाइ सचेत रहन भनिएकाे छ।














