Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, असार ९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘याडिया किनिस’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालका लागि याडियाको आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले एक कार्यक्रमको आयोजना गरी यो नयाँ मोटरसाइकल नेपाली बजारमा प्रस्तुत गरेको हो। दैनिक आवतजावतलाई मात्र केन्द्रित गर्ने परम्परागत इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधन भन्दा फरक यस याडिया किनिसलाई उच्च गति, प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने नेपाली राइडरहरूलाई लक्षित गर्दै बजारमा ल्याइएको यो मोटरसाइकलले नेपालको ईभी बजारमा नयाँ अनुभव प्रस्तुत गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

You might also like

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

प्राविधिक विशेषताका हिसाबले याडिया किनिसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले २८० एनएम टर्क उत्पादन गर्छ। यसले तीव्र एक्सिलेरेसन र उत्कृष्ट सडक प्रदर्शन सुनिश्चित गर्दछ। यो मोटरसाइकलले मात्र ३ सेकेन्डमा शून्यदेखि ५० किलोमिटर प्रतिघन्टाको गति समात्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ।

नेपालका फरकफरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको किनिसले २० डिग्रीसम्मको चढाइ सहजै पार गर्न सक्छ, जसले कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव प्रदान गर्दछ। यसमा ४ दशमलव ६ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधाहरूसहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ।

यो प्रणालीले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय यात्रा सुनिश्चित गर्दछ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको यो मोटरसाइकलले याडियाको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधिप्रतिको प्रतिबद्धतालाई दर्शाउँछ। नेपाली बजारमा यसको अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ।

कार्यक्रमका अवसरमा कुजु नेपाल प्रालिका प्रतिनिधिले याडिया किनिस केवल यातायातको साधन मात्र नभएर शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव भएको बताए। उनले यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने आशावादी रहेको समेत उल्लेख गरे। सन् २००१ मा स्थापना भएको याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बन्न सफल भएको छ। हाल विश्वभरका १५० भन्दा बढी देशमा सक्रिय रहेको र १० करोडभन्दा बढी प्रयोगकर्ताको विश्वास जितिसकेको याडियाले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

Related

Previous Post

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

Next Post

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

Sambridinews

Sambridinews

Related Posts

मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निर्माण व्यवसायीको अरबौ रकम भुक्तानी नहुँदा ‘ सप्लाई चेन ’ नै अस्तव्यस्त

निर्माण व्यवसायीको अरबौ रकम भुक्तानी नहुँदा ‘ सप्लाई चेन ’ नै अस्तव्यस्त

बिहिबार, असार २७, २०८१
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि फेरि सुचारु : ११ वटा बस थपियो

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि फेरि सुचारु : ११ वटा बस थपियो

आइतवार, मंसिर १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In