काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। यही जेठ २९ गते हुने तय भएको निर्वाचनका लागि वर्तमान महासचिव एवं वरिष्ठ उपाध्यक्षका बलिया उम्मेदवार बलराम खतिवडाले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका छन्। ऊर्जा क्षेत्रको विकास र नीतिगत सुधारका एजेन्डाहरू सहित खतिवडाको समूह चुनावी मैदानमा उत्रिएको हो।
खतिवडाको प्यानलबाट वर्तमान उपाध्यक्षद्वय भरत बहादुर खत्री र भरत प्रसाद नेपाल पुनः उपाध्यक्षको उम्मेदवार बनेका छन्। उनीहरूसँगै कुमार खरेल र ई. विपक पौडेल पनि उपाध्यक्ष पदका लागि मैदानमा छन्। संस्थामा महिला प्रतिनिधित्व सुनिश्चित गर्दै महिला उपाध्यक्ष पदका लागि सिर्जना खड्कालाई उम्मेदवार बनाइएको छ।
त्यस्तै, संस्थाको गतिशीलताका लागि महत्त्वपूर्ण मानिने महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलालले उम्मेदवारी दिएका छन्।
खतिवडा समूहले प्राविधिक र समावेशी सन्तुलन मिलाउँदै सचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरूको टुङ्गो लगाएको छ:
- सचिवहरू: कृष्ण प्रसाद घिमिरे, रात बहादुर इस्बो लिम्बु, र ई. बरेन्द्र बहादुर मल्ल।
- सचिव (महिला): संगीता धमाला र इशा श्रेष्ठ।
- कोषाध्यक्ष: ई. मिथुन पौडेल।
प्यानलले कार्यसमिति सदस्यहरूमा विभिन्न व्यावसायिक तथा प्राविधिक पृष्ठभूमि भएका ऊर्जा उद्यमीहरूलाई समेटेको छ। सदस्यका उम्मेदवारहरू यस प्रकार छन्:
- सोमनाथ कँडेल
- डा. भुषण गुरागाई
- सन्तोषराज नेपाल
- मिलन खड्का
- जगदिश शिवाकोटी
- सिए नारायण कँडेल
- सुकुन्द ओझा
- ज्योति गैरे
- इन्दिरा पन्त
- प्रदिप ओली
वर्तमान कार्यसमितिमा रहेका अनुभवी पदाधिकारीहरूको निरन्तरता र नयाँ उर्जावान् व्यावसायिक अनुहारहरूको सम्मिश्रण नै खतिवडा प्यानलको मुख्य विशेषता मानिएको छ। जेठ २९ को निर्वाचनले इप्पानको आगामी कार्यदिशा तय गर्ने भएकाले यस प्यानलको घोषणालाई ऊर्जा क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।














