Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
in FEATURED, TOP STORIES, TOP VIDEOS, अर्थ, समाचार
0
महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २४, नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार विधिवत् रूपमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ । महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहका बीच निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै महासंघको २१ औं अध्यक्षका रुपमा उहाँले पद बहाली गर्नुभएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्नुभएका श्रेष्ठलाई निवर्तमान अध्यक्ष ढकालले सपथ ग्रहण गराउनु भएको थियो भने अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । पद बहाली लगत्तै नवनिर्वाचित पदाधिकारीहरुसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्‌नो कार्यकालका प्राथमिकता समेटिएको “६ स्तम्भ, ६० पहल” कार्यक्रम घोषणा गर्दै सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाई क्रमशः कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्न भयो । “मैले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा तयार पारेको ६ स्तम्भ, ६० पहल कार्यक्रम आफ्‌नो ३ वर्षे कार्यकालको प्राथमिकता रहनेछ । यही अनुसार महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन मेरो प्राथमिकता रहने छ ।” अध्यक्ष श्रेष्ठले भन्नु भयो । अध्यक्षको ६ स्तम्भ, ६० पहल कार्यक्रममा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । यस्तै आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवद्र्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तार लगायतका विषयहरु समेटिएका छन् । परिचयात्मक कार्यक्रममा बोल्दै महासंघका निर्वतमान अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघका एजेण्डाहरु निजी क्षेत्र पर्वद्धनका लागि हुनुपर्नेमा जोड दिनु भयो । उहाँले आफ्‌नो कार्यकालमा देशको आर्थिक विकास र समृद्धिको लागि महासंघले सक्दो पहल गरको धारणा राख्दै सरकारले महासंघले पेश गरेअनुसार निजी क्षेत्र संरक्षण तथा संम्वद्र्धन कार्यक्रम (पीएसपीपी) मन्त्रिपरिषदबाट पास भएको र यसले निजीक्षेत्रको संरक्षण तथा संम्वद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । पूर्व अध्यक्ष महेशलाल प्रधानले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणमा महासंघले शसक्त भूमिका निर्वाह गर्न सक्नु पर्नेमा जोड दिनुभयो । उहाँले महासंघले देशको आर्थिक विकास र समृद्धिको लागि वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिनु पर्ने र नगरेको अवस्थामा प्रश्न गर्न सक्नै हैसियत निर्माण गर्नु पर्ने बताउनु भयो । यसैगरी पूर्व अध्यक्ष भवानी राणाले आर्थिक विकास र समृद्धिको लागि निजी क्षेत्रको साथ लिन सरकारलाई आग्रह गर्दै आर्थिक एजेण्डामा एक भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो । जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले देशैभरि औद्योगिक वातावरण निर्मााणका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम तथा सशक्त बनाउनु पर्ने तथा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरि काम गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै अर्का जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले उद्योग व्यवसायको विकास विना आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारले लगानी तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नु पर्ने बताउनु भयो । वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले देशभरका सबै व्यवसायीका समस्या साझा समस्या भएको उल्लेख गर्दै अब पक्ष र विपक्षमा नभनी आर्थिक एजेण्डामा काम गर्नु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बाल्दै एशोसिएट उपाध्यक्ष प्रबल जंग पाण्डेले औद्योगिक वातावरण निर्माणका लागि नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिंदै कर प्रणालीको सुधार देखि व्यवसायिहरुका मुद्धाहरुलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो ।

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले कार्यभार सम्हाल्दा घोषणा गरेका ६ स्तम्भ, ६० पहल कार्यक्रमको विस्तृत विवरण

You might also like

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

महासंघको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्री अन्जन श्रेष्ठज्यूको कार्यकालमा निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखी महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरियो । महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्यले तयार गरिएको “छ स्तम्भ, साठी पहल” कार्यक्रम तथा सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाई अध्यक्ष श्री अन्जन श्रेष्ठज्यूको पदबहालीसँगै कार्यान्वयनमा ल्याइनेछ । महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवद्र्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तार लगायतका विषयलाई समेटी “छ स्तम्भ, साठी पहल” कार्यक्रम तयार भएको छ । उक्त कार्यक्रम अन्तर्गत प्रत्येक स्तम्भअन्तर्गत कार्यान्वयनयोग्य पहलहरू, समयसीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना समेत तयार गरिएको र यसलाई अध्यक्षज्यूको पदबहालीसँगै चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय भयो ।

स्तम्भ १ ) महासंघले प्रदान गर्ने सेवा सुदृढीकरणका र सञ्जालको बिस्तार ०१ जिल्लानगर, वस्तुगत, र एसोसिएट सदस्यहरूको विस्तृत आवश्यकता मूल्याङ्कन ०२ महासंघ सचिवालयको सुदृढीकरण र व्यावसायिकीकरण ०३ महासंघले प्रदान गर्ने सेवा प्रभावकारी बनाउनका लागि छुट्टै जिल्ला र वस्तुगत डेस्कको स्थापना ०४ सेवा सुदृढीकरणका लागि डिजिटल सदस्यता पोर्टल, सदस्यका लागि मोबाइल एप र सेवा प्रवाह अनुगमन प्रणाली ०५ सदस्यहरूका नीतिगत, ब्यबसायिक र प्रशासनिक समस्या तथा गुनासो व्यवस्थापन र समाधान प्रणाली निर्माण ०६ व्यावसायिक विवाद समाधान र मध्यस्थता प्रणालीको प्रभावकारी संचालन र ब्यबस्थापन ०७ जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत दिगोपन, आम्दानीमा विविधीकरण तथा प्रदेश र स्थानीय सरकारहरु संग समन्वय कार्यक्रम ०८ उत्पत्तिको प्रमाण पत्र लगायत सदस्यहरुलाई चाहिने अन्य प्रशासनिक सेवामा सहजीकरण र सुधार ०९ स्टार्टअप तथा युवा उद्यमी प्रोत्साहन कार्यक्रम १० महासंघको संस्थागत आम्दानीमा वृद्धि र वित्तीय सुशासनमा सुधार ११ महासंघ तथा सदस्य संस्थाहरुको वार्षिक साधारण सभा लगायत अन्य संस्थागत सुशासनमा सुधार

स्तम्भ २) आर्थिक सुधार र सुशासन १२ महासंघमा सार्वजनिक नीति, अर्थतन्त्र, ब्यापार र कानुन अनुसन्धान शाखाको स्थापना १३ सदस्यहरुको संरक्षण र नियामकीय परामर्शका लागि महासंघमा कानुन डेस्कको स्थापना १४ सरकारको शासकीय सुधार तथा दोश्रो चरणको आर्थिक सुधारलाइ सक्रिय सहयोग १५ बजेट, मौद्रिक नीति लगायतमा अर्थतन्त्र, र निजि क्षेत्र केन्द्रित नीतिगत सुझावपत्र १६ मासिक आर्थिक संक्षिप्त विवरण र त्रैमासिक अर्थतन्त्रको अवस्था प्रतिवेदन १७ निजि क्षेत्र, अर्थतन्त्र र व्यवसाय सम्बन्धी कानुन, नियम, विनियम र निर्देशिका निर्माणमा सक्रिय संलग्नता १८ महासंघको नेतृत्वमा निजी विधेयक (एचष्खबतभ द्यष्िि) निर्माण १९ व्यावसायिक विश्वास सर्वेक्षण र निजी क्षेत्र मनोबल सूचकाङ्क २० विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थाहरूसँगको समझदारीपत्र कार्यान्वयन २१ महासंघमा नीति संवाद शृङ्खलाको सुरुवात

स्तम्भ ३ ) प्रतिस्पर्धात्मकता र वृद्धि २२ मेड इन नेपाल र स्थानीय उत्पादन प्रवद्र्धन अभियान २३ सरकारसँगको साझेदारीमा औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र प्रभावकारी बनाउने -SEZ_ पहल २४ उत्पादनका मुख्य क्षेत्रहरूको प्रतिस्पर्धात्मकता बढाउने कार्ययोजना २५ लघु, साना, मझौला उद्योग, स्टार्टअप र व्यवसाय विकास सेवाका लागि महासंघका प्रदेश कार्यालयहरुको सुदृढीकरण २६ उत्पादनमुखी उधोगहरुको प्रतिस्पर्धात्मकता वृद्धि गर्नका लागि विदेशी चेम्बरहरूसँग संयुक्त संवाद २७ करार उत्पादन -Contract Manufacturing_ र असेम्ब्ली प्रवद्र्धन कार्यक्रम २८ क्षेत्रीय मूल्य शृङ्खला र सीमापार उत्पादन सम्बन्ध विस्तार २९ निर्यात प्रवद्र्धन, व्यापार सहजीकरण र लजिस्टिक्स सुधार कार्यक्रम ३० रणनीतिक वस्तुहरूका लागि आयात प्रतिस्थापन गर्ने गरि नीतिगत सहजीकरणमा पहल ३१ नेपाली उद्यमहरूका लागि डिजिटल रूपान्तरण र प्रविधि प्रयोगमा सहजीकरण

स्तम्भ ४) विकास सहयोग र निजी क्षेत्र विकास ३२ महासंघमा विकास साझेदारी शाखा ३३ निजी क्षेत्रको विकासका लागि द्विपक्षीय सहयोगको विस्तार ३४ प्रदेश तथा स्थानीय सरकारहरू सँग निजि क्षेत्रको प्रवर्धन र विस्तारका लागि समन्वय ३५ सीप विकास र मानव पुंजी निर्माण ३६ द्विपक्षीय माध्यमबाट महिला उद्यमशीलता विकास ३७ प्रवासी नेपालीको लगानी सहजीकरण ३८ जलवायु, हरित वित्त र दिगो विकास लक्ष्य -SDG_ अनुरूप निजी क्षेत्र कार्यक्रम निर्माण ३९ निजी क्षेत्रका लागि वैकल्पिक वित्त परिचालनको रणनीति निर्माण ४० महासंघको नेतृत्वमा नेपाल लगानी तथा व्यवसाय सम्मेलन ४१ विकाशील मुलुकमा स्तरोन्नतिका लागि तयारी र सहयोग कार्यक्रम

स्तम्भ ५) श्रम, सीप र उत्पादकत्व सुधार ४२ राष्ट्रिय स्तरको उद्योग प्रशिक्षण संस्थाका रूपमा महासंघको पहलमा स्किल एकेडेमी निर्माण ४३ उद्योग–शिक्षा क्षेत्र–सरकार बीच त्रिपक्षीय साझेदारी खाकाको निर्माण ४४ प्रमुख क्षेत्रहरूका लागि एकरूप व्यावसायिक मापदण्ड -Occupational Standards_ खाका ४५ जनशक्तिको सीप विकास र पुनः सीप तालिम कार्यक्रमको सुरुवात ४६ प्राविधिक तथा व्यावसायिक शिक्षा (त्भ्ख्त्) प्रवद्र्धन र सीपमूलक शिक्षा पहल ४७ राष्ट्रिय सीप र माग सर्वेक्षण तथा व्यावसायिक श्रमक्षेत्रको प्रतिवेदन निर्माण ४८ उत्पादकत्वमा–आधारित ज्यालाको खाका निर्माण ४९ श्रम र औद्योगिक विवादका लागि महासंघमा प्रभावकारी मध्यस्थता केन्द्रको स्थापना ५० फिर्ता आएका वैदेशिक रोजगारिका कामदार लक्षित सिपको उपयोग, हस्तान्तरण र उद्यमशीलता कार्यक्रम ५१ श्रम ऐनको प्रभावकारी कार्यान्वयन र योगदानमा आधारित सामाजिक सुरक्षा सुधारका लागि पहल तथा पैरवी

स्तम्भ ६) निजी क्षेत्र प्रवद्र्धन र संरक्षण ५२ निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र ५३ अग्रिम धरौटी (ब्लतष्अष्उबतयचथ द्यबष्)ि र व्यावसायिक विवादको गैर–अपराधीकरणका लागि पैरवी ५४ व्यवसाय गर्ने सहजता -Ease of Doing Business_ सुधार कार्यक्रम ५५ व्यावसायिक उत्पीडन निगरानी र गोप्य गुनासो संयन्त्र निर्माण ५६ दामासाही, करार कार्यान्वयन र व्यावसायिक न्याय सुधारका लागि पहल ५७ वस्तुगत संघहरूमार्फत क्षेत्रगत उधोग बिस्तार र सुदृढीकरण ५८ विदेशी चेम्बर, बहुराष्ट्रिय कम्पनी परिषद् र अन्तर्राष्ट्रिय साझेदारी सञ्जाल निर्माण ५९ आमसञ्चार, सञ्चारमाध्यम र सार्वजनिक विमर्श रणनीति ६० व्यावसायिक आचारसंहिता र सुशासन खाकाको निर्माण

Related

Previous Post

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

Next Post

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

by Sambridinews
आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

by Sambridinews
आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

by Sambridinews
आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

by Sambridinews
आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

मङ्लबार, बैशाख २९, २०८३
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

शुक्रबार, चैत्र २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In