काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान भक्तपुरकाे ठिमिस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ ।















