माघ, १० सिन्धुली । सिन्धली २ मा नेकपाको उम्मेदवारी विवादले नेता तथा कार्यकर्ताबिच तरंग पैदा गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनाका लागि २ मा नेकपाका नेता महेश्वर दाहालले स्वतन्त्रता उम्मेदवारी दिएका छन् । जिल्ल्ला नेतृत्वले सिफारिस नगरेका नेतालाई केन्द्रले टिकट थमाए पछि नेता तथा जनपत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनको समर्थनमा पूर्वमन्त्री तथा नेकपाका नेता हरिबोल गजुरेल रहेका छन् भने प्रस्तावकमा जिल्ला इन्चार्ज सहितको जिल्ला नेतृत्व रहेको छ ।
महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपाका संयोगक नेता पुष्पकमल दाहाल प्रचण्डले नेता महेश्वर दाहाल हरिबोल गजुरेल सहितका जिल्ला नेतालाई बोलाएर उनको उम्मेदवारी फिर्ता गर्न र राजन दाहाललाई सहयोग गर्न भनेका थिए । तर नेता गजुरेलले जिल्ला नेतृत्वले सिफारिस नगरेको व्यक्तिलाई टिकट दिनुका साथै पार्टी भित्रको बढ्दो परिवारबाद र स्वेच्छाचारविरुद्ध महेश्वर दाहालको उम्मेदवारी रहेको भन्दै प्रचण्डमाथि प्रतिप्रश्न गरेको बताइन्छ ।
विहीबारको वर्ता नमिलेपछि पार्टी संयोजक प्रचण्ड र नेता माधवकुमार नेपालले सिन्धुलीको विवाद मिलाउन नेता गजुरेललाई पत्र पठाएको छ ।
विवाद समाधान नभए कारबाहीको चेतावनी सहितको पत्र काटिएको बताइन्छ । यसबारेमा नेता गजुरेल भने पार्टीको स्वेच्छाचार विरुद्ध दिइएको उम्मेदवारी फिर्ता नहुने भन्दै आसन्न निर्वाचनमा नेता महेश्वर दाहाललाइ नै सहयोग गर्ने र यसो गर्दा पार्टीले कारबाही गरे झेल्न तयार रहेको बताउछन् ।
यता स्वतन्त्र उम्मेदवारी दिएका नेता महेश्वर दाहाल भने सत्तामा बसेर गरिएको अन्याय अत्याचार र विकृतिको संरक्षण विरुद्ध आफुले विद्रोह गरेको बताउछ । पार्टीले गर्ने स्वेच्छाचार विरुद्र आफ्नो उम्मेद्वारी रहेको भन्दै यसबाट फिर्ता नहुने उनको भनाइ छ ।
विवाद नमिले विगतदेखिको विरासत गुम्नेमा कार्यकर्ताहरु भने चिन्तित देखिन्छन । पार्टीका दुबै उम्मेदावारको दावी यथावत रहेका कारण भोट बाडिदा दुबैको हार निश्चित रहेको जिल्लाका एक नेताले बताए । एक मिल्नुको विकल्प छैन यो नै पार्टीको हित हुने उनले बताए ।













