काठमाडौं। माघ९, नेपाल टेलिमेडिसिन सोसाइटी विगत १५ वर्षदेखि नेपालमा टेलिमेडिसिनको विकासमा कृयाशील रहदै आएको छ । यसै सन्दर्भमा स्वास्थ्य क्षेत्रको डिजिटल रूपान्तरणको मुख्य नारा सहित टेलिमेडिसिन तथा डिजिटल स्वास्थ्यमा भएका पछिल्ला विकास तथा नेपालमा भएका प्रयासहरु साथै नेपालले अँगाल्नु पर्ने अबको बाटोमा केन्द्रित भई नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय‚ विश्व स्वास्थ्य संगठन (WHO)‚ जर्मन सहयोग नियोग (GIZ) को सहभागिता रहने यस सम्मेलनमा वि.पी नेत्र प्रतिष्ठान‚ नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क तथा डिजिटल हेल्थ फाउण्डेसन यस सम्मेलन सहआयोजक रहेका छन् । यस सम्मेलनको आयोजनामा करिव २० भन्दा वढि संस्थाहरु सँग सहकार्य भएको हो ।
बिस्तृत जानकारीको लागि यसै इमेलसाथ संलग्न प्रेस बिज्ञप्ति हेर्नु हुन अनुरोध गर्दछु साथै सम्मेलन सम्वन्धी थप विवरण www.tms.org.np/conference मार्फत पनि प्राप्त गर्न सकिने आयोजकले जानकारी गराएको छ ।















