माघ १, काठमाडौं । आज माघ १ गते देशभरी माघे संक्रान्तिका रुपमा मनाउने गरिन्छ । यस अवसरमा विभिन्न समुदायले आफन्त तथा परिवारमा मिठो मसिनो खाएर मनाउने चलन रहेकाे छ ।
यस अवसरमा मुख्यगरी घिउ, तरुल , सखरखण्ड, चाकु, खिचडी सेलराेटी लगायतका परिकार बनाएर खाने चलन पनि रहेको छ ।
यो दिनलाई मकर संक्रान्ति समेत भन्ने गरिन्छ । यस दिन बिहान खोला तथा क्रिवेणी लगायतका स्थानमा स्नान गर्ने चलन रहेको छ ।
माघेसंक्रान्तिका अवसरमा सरकारले देभरी सार्वजनिक बिदा समेत दिने गरेको छ ।
यो दिन थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गर्दछन् ।















