काठमाडौँ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण र मोबाइल नम्बरको गोपनीयताप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । केही ‘भ्यालु एडेड सर्भिस’ (VAS) प्रदायकहरूले टेलिकमको प्लेटफर्म प्रयोग गरी राजनीतिक सन्देश पठाएको गुनासो आएपछि कम्पनीले यस्तो स्पष्टीकरण दिएको हो ।
नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन । हामी सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ र यसको सम्मान गर्न प्रतिबद्ध छौँ ।”














