कामाडौं । मंसिर २५, ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको छ।
ङादी ग्रुप पावर लिमिटेडले यस आ.व. २०८१/०८२ मा हाल कायम चुक्ता शेयरपुँजी रु. ३,७०,२५,५८,५०० /-( तीन अर्ब सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ०.२५ प्रतिशत अर्थात रु. ९२,५६,३९६.२५/-(वयानब्बे लाख छपन्न हजार तिन सय छ्यानब्बे रुपैया पच्चिस पैसा मात्र) नगद लाभांश )बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरण गर्न र आ.व. २०८१/०८२ को लागि हाल कायम चुक्ता शेयरपुँजी रु. ३,७०,२५,५८,५००/-(तीन अर्ब सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ४.७५ प्रतिशत अर्थात रु. १७,५८,७१,५२८.७५/- (सत्र करोड अन्ठाउन्न लाख एकहत्तर हजार पाँचसय अट्ठाईस रुपैया पचहत्तर पैसा मात्र) बोनश शेयर वितरण गरेको छ ।
बाह्रौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष डा. अभिनव दाहालले वि.सं. २०६४ सालमा स्थापना भएको यस कम्पनीले मिति २०६९ आश्विन ३० गते देखि लमजुङ जिल्ला स्थित सिउरी खोलाबाट ५ मे.वा. विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह गरी रहेको र यस कम्पनीले इलाम जिल्ला स्थित माईखोलामा निर्मित भएको ९.६ मे.वा.को सुपरमाई ए जलविद्युत आयोजना र ३ मे.वा.को माइखोला क्यास्केडमा रकम लगानी गरेको र उक्त आयोजनाहरुबाट विद्युत उत्पादन भई रहेकोमा असोज महिनामा आएको बाढिले क्षती पुऱ्याउदा आयोजना केही समय बन्द भएकोमा मर्मत सम्भार पश्चात सुपरमाई ए जलविद्युत आयोजना संचालनमा आईसकेको र माइखोला क्यास्केड ३ मे.वा. मर्मत र सिउरी न्यादी पावर लि। (४०.२७ मे.वा.) को आयोजनाबाट केही महिना भित्र विद्युत उत्पादन हुने जानकारी गराउनु भयो। कम्पनीले गरेका लगानीहरु राम्रै आयोजनामा रहेको हुँदा यस वर्ष शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश (कर सहित) प्रस्ताव गरेको बाहौं बार्षिक साधारण सभा समक्ष अध्यक्ष दाहालले जानकारी गराउनु भयो ।
बाह्रौं वार्षिक साधारण सभाले आ.व. २०८२ /०८३ का लागि लेखा परिक्षकमा जी. पौडेल एण्ड एशोसिएटलाई नियुक्त गरेको छ ।
ङादी ग्रुप पावर लिमिटेडको विगतबर्षको कारोवारको सिंहावलोकन :
जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत विक्रि भईरहेकाले कम्पनीको आ. व. २०८१/०८२ मा नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्रीबाट प्राप्त संचालन आम्दानी रु. ११,४६,१५,९६५/- साथै निक्षेपमा आर्जित व्याज सहित अन्य आम्दानी रु. ९९,६१,४५७/- गरी कुल आम्दानी रु. १२,४५,७७,४२२/- रहेको छ ।
कम्पनीले विभिन्न समयमा स्थानिय जनताको आवस्यकता अनुसार कुलेसो, खानेपानी, विद्यालय निर्माण, छात्रवृत्ति तथा बाटो मर्मत संभार गर्न आर्थिक, भौतिक रुपमा सहयोग गर्दै आएको छ ।
ङादी ग्रुप पावर लिमिटेडको नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत नियमन आयोग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैक, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजश्व कार्यालय, उद्योग विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, बैक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु आदिसंग कम्पनीले अपनाउदै आएको व्यवसायिक सम्बन्धका कारण समग्र औधोगिक तथा व्यवसायिक सम्बन्ध राम्रो रहेको साधारण सभा समक्ष जानकारी गराइएको थियो।
कम्पनीले संचालक समितिमा भएको हेरफेर र सोको कारण हालको संचालक समिति निम्न अनुसार रहेको छ ।
डा. अभिनव दाहाल अध्यक्ष
श्री रिली गुरुङ संचालक
श्री सुधांशु तुलस्यान संचालक
श्री विशाल शर्मा संचालक
श्रीमती लक्ष्मी शोभा गोसाई स्वतन्त्र संचालक
(अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाई ज्यूले व्याक्तिगत कारण देखाई मिति २०८१/१२/२२ मा र अध्यक्ष श्री रविन सुवेदी ज्यूले व्यक्तिगत कारण देखाई मिति २०८२/०८/०७ मा राजिनामा दिनुभएकोले रिक्त अध्यक्ष पदमा संचालक श्री डा. अभिनव दाहाललाई नियुक्त गरिएको छ ।)
बाह्रौं बार्षिक साधारण सभाको संचालन कम्पनी सचिव टंक प्रसाद रेग्मीले गर्नु भएको थियो ,भने कार्यक्रममा भद्र भलामी , शेयरधनी महानुभावहरुको बाक्लो उपस्थिति रहनुका साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन भएको थियो ।















