५ मंसिर, काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
यता पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए।














