काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेप (विद्युतीय चुरोट) प्रयोग गरी सुन तस्करी गरेको आरोपमा महरा आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने गिरोहसँग महरा र उनका छोरा राहुलको सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएपछि उनी अनुसन्धानको घेरामा आएका थिए ।
चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँगको निरन्तर संवादले महराको संलग्नता पुष्टि गर्दै आएको छ । केही दिनअघि मात्र उनीसँग बयान लिइएको थियो ।
यसअघि पनि महरा अनुसन्धानको दायरामा परेका भए पनि राजनीतिक दबाबका कारण छानबिन अघि बढ्न सकेको थिएन।