Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २१, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न शुरु गरेको हो ।
‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ ।  ‘एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप २०२५’ नोभेम्बर २३ तारिख आइतबारका दिन हुनेछ ।’  आइएमए निहोन कराते डो  युएसएका संस्थापक, प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अमेरिकाको न्युयोर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्न यो हाम्रो दोस्रो प्रयास हो ।’ विज्ञप्तिमा थोकरले भनेका छन् ‘यो प्रिमियर मार्शल आर्ट कार्यक्रमले संयुक्त राज्य अमेरिका र विदेशबाट सबै उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै ठाउँमा ल्याउने छ ।’
च्याम्पियनसिप क्विन्सको कोरोना स्थित नर्दर्न ब्यु वर्डमा रहेको  एल्मकोर सेन्टरमा हुने छ । च्याम्पियनसिपको अघिल्लो दिन नोभेम्बर २२ तारिख शनिबार रेफ्री सेमिनार हुने जनाइएको छ ।
सेमिनारमा विश्व कराते महासंघ डब्लुकेएफका रेफ्री सेड्रिक बाक्र्सडेलले प्रशिक्षण दिने छन् । ‘सेमिनारले रेफ्रीको स्तर बढाउनेछ र प्रतिस्पर्धामा निष्पक्षता र व्यावसायिकता सुनिश्चित गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ थोकरले भने, ‘च्याम्पियनसिपले उच्च स्तरको करातेको एक रोमाञ्चक दिनको प्रतिक्षा गर्दछ ।’
च्याम्पियनसिपमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ ।  १०–११ वर्ष देखि १८ वर्ष माथि पुरुष महिला दुबैमा  एड्भान्स  काता र कुमिते डिभिजनका लागि दुई हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको छ । यस्तै ५ वर्ष देखि ४५+ वर्ष उमेरका लागि काता र कुमितेमा प्रतिस्पर्धा गराइने छ ।
च्याम्पियनसिपमा कुल पाँच सय २८ पदक  प्रदान गरिनेछ । जसमा स्वर्ण र रजत एक सय ३२ हुने छन् । यस्तै दुई सय ६४ कास्य पदक पनि प्रदान गरिने छ।
प्रतियोगिताको पूर्ण विवरण र दर्ताको लागि, यो लिङ्कबाट गर्नु पर्ने छ ।  
‘हामी न्यु योर्क शहरमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउँदा गर्भित छौँ, जसले अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रता मनाउन कराते खेलाडीहरू, रेफ्रीहरू र परिवारहरूलाई एकसाथ ल्याउँछ ।’  प्रतियोगिता निर्देशक समेत रहेका थोकरले भने ।
थोकरले अमेरिकी कराते समुदायको सहयोगमा, च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास लिएको बताएका छन् । ‘क्वीन्स र बाहिरका मार्शल आर्ट समुदायको शक्तिलाई हाइलाइट गर्दछ । दर्शकहरूलाई विश्व स्तरीय प्रतिस्पर्धा, सांस्कृतिक आदानप्रदान र मार्शल आर्ट उत्कृष्टताको दिनमा उपस्थित हुन र हेर्न आमन्त्रित गरिएको छ ।’
‘आइएमए निहोन कराते डो युएसएले समुदायका सदस्यहरू, व्यावसायिक व्यक्ति, खेलाडी, मिडिया प्रतिनिधि र व्यक्तिहरूलाई पनि आफ्नो मूल्यवान प्रायोजन र समर्थन जारी राख्न आह्वान गर्दछ, जसले गर्दा यो कार्यक्रमलाई फेरि एक पटक भव्य रूपमा सफल बनाउन मद्दत गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
‘आइएमए निहोन कराते डो युएसए करातेको  प्रवद्र्धन गर्न समर्पित एक अग्रणी मार्शल आर्ट संस्था हो । युवाहरूलाई सशक्त बनाउने र सामुदायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ, आइएमएले अमेरिकाभरि प्रतियोगिता, सेमिनार र प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

You might also like

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

Related

Previous Post

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

Next Post

भेट्रान फुटबलको नयाँ मिति घोषणा

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
भेट्रान फुटबलको नयाँ मिति घोषणा

भेट्रान फुटबलको नयाँ मिति घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

मङ्लबार, साउन १६, २०८०
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In