Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेनजीको आन्दोलन, गगन थापाको भुमिका र कन्पेरेशी थेउरी

Sambridinews by Sambridinews
आइतवार, भदौ २९, २०८२
in राजनीति, विचार
0
जेनजीको आन्दोलन, गगन थापाको भुमिका र कन्पेरेशी थेउरी
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

नेपालको समकालीन राजनीति एउटा संवेदनशील घडीमा आइपुगेको छ। लामो समयदेखि नागरिकहरूले राजनीतिक नेतृत्वप्रति देखाएको अविश्वास, बेरोजगारी, भ्रष्टाचार र असमानताप्रतिको असन्तोष ‘जेनजीको आन्दोलन’ मार्फत सडकमा उम्कियो। यो आन्दोलन केवल भीडको प्रदर्शन थिएन; यसले मुलुकको सामाजिक, राजनीतिक र आर्थिक संकटलाई एकैचोटि उजागर गर्यो। यस्ता अवस्थामा राजनीतिक दलहरूको मौनता, ढिलासुस्ती र अनिर्णयले आन्दोलनलाई अझ व्यापक अस्थिरतामा पु¥याउने खतरा थियो। तर यही घडीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिडियो मार्फत दिएको सन्देश र नेतृत्वले स्थिति केही हदसम्म सहज बनाउन महत्तवपूर्ण योगदान पु¥यायो।

मौन राजनिति र गगनको सक्रिय

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

जेनजीको आन्दोलन चरम बिन्दुतर्फ उन्मुख भइरहेको बेला प्रमुख दलहरूले स्पष्ट धारणा राख्न सकेनन्। यस मौनताले आन्दोलनकारी युवामा ‘राजनीतिक दलहरू बेखबर’ वा ‘निष्क्रिय’ भएको सन्देश फैलाएको थियो। तर गगन थापाले भिडियो सन्देशमार्फत आन्दोलनलाई सम्मान गर्दै, यसको मागलाई सकारात्मक रूपमा लिने धारणा सार्वजनिक गरे। उनले आन्दोलनलाई मात्र दबाउने होइन, बरु यसको म्यान्डेटलाई राजनीतिक बहस र समाधानमा रूपान्तरण गर्नुपर्ने कुरा जोड दिए। यसरी उनले एक प्रकारको सेतु निर्माण गरे । सडकमा उत्रिएका युवाको असन्तोष र दलगत राजनीति बीच।

आन्दोलनलाई सम्बोधन गर्ने शैली

गगन थापाको हस्तक्षेप सामान्य राजनीतिक भाषण जस्तो थिएन। उनले आन्दोलनकारीलाई दोष नदिइ आन्दोलनको आत्मा बुझ्ने प्रयास गरे। उनी भन्छन्, “यो आवाज हाम्रो भविष्यको माग हो, यसलाई सुन्नु नेतृत्वको दायित्व हो।” यस्तो शैलीले युवामा उत्पन्न भएको क्रोधलाई आंशिक शान्त पार्यो। यसबाट स्पष्ट हुन्छ कि सही समयमा, सही भाषा प्रयोग गरेर नेतृत्वले आन्दोलनलाई नियन्त्रण होइन, सहजीकरण गर्न सक्छ।

कन्पेरेशी थेउरी र जिनजिको आन्दोलन

प्रत्येक आन्दोलनसँग कतिपय षड्यन्त्र वा गुप्त योजना जोडिन्छन्। कतिले जिनजिको आन्दोलनलाई बाह्य शक्तिले प्रोत्साहित गरेको भन्न खोजे, कतिले यसलाई कुनै दलभित्रकै असन्तुष्ट समूहले भड्काएको ठाने। यिनै षड्यन्त्र–थेउरीहरूले आन्दोलनलाई ‘सार्थक राजनीतिक माग’ भन्दा ‘शंकाको घेरामा’ ल्याउन खोजे।

तर कन्पेरेशी थेउरीलाई केवल ‘नकारात्मक हतियार’ हैन, ‘विश्लेषणको दृष्टि’का रूपमा हेर्न सकिन्छ। यसले हामीलाई आन्दोलनको सतहमा मात्र होइन, भित्री कारण, गुप्त स्वार्थ र सम्भावित खतरा बुझ्न मद्दत गर्छ। उदाहरणका लागि, जिनजिको आन्दोलन साँच्चै युवाको स्वतःस्फूर्त असन्तोष थियो कि कसैले राजनीतिक लाभका लागि यसलाई नियन्त्रित गर्ने प्रयास गरिरहेको थियो? यस्तो प्रश्नको जवाफ सजिलो छैन। तर गगन थापाले यसलाई ‘षड्यन्त्रको जालमा अल्झाएर होइन, समाधानको अवसरमा रूपान्तरण गर्नुपर्छ’ भन्ने दृष्टिकोण प्रस्तुत गरे।

सुरक्षित अवतरणतर्फको कदम

नेपालमा विगतका आन्दोलनहरू प्रायः ठूलो ऊर्जा र उत्साहसँग सुरु भए पनि अन्ततः वा त विभाजनमा सकिएका छन् वा राजनीतिक समझौतामा मात्र सीमित भएका छन्। जिनजिको आन्दोलन पनि त्यस्तै मोडमा पुग्ने सम्भावना थियो। तर गगन थापाले यसको सुरक्षित अवतरणतर्फ संकेत गर्दै, दलहरूले संवादको बाटो रोज्नुपर्ने कुरा बलियोसँग उठाए। आन्दोलनलाई सडकमै छाड्ने होइन, संस्थागत सुधारतर्फ लैजानुपर्ने उनको आग्रहले एक किसिमको मार्गदर्शन प्रदान ग¥यो।

इतिहासले सम्झिने भूमिका

राजनीतिमा सबै नेता कठिन घडीमा चिनिन्छन्। जब स्थिति नियन्त्रणबाहिर जाँदै थियो, त्यही समयमा अगाडि बढेर शान्तिपूर्ण सन्देश दिनु सजिलो कुरा थिएन। गगन थापाले न आन्दोलनलाई बेवास्ता गरे, न त अन्धसमर्थन। बरु उनले आन्दोलनलाई सुनुवाइ दिलाउने, र राजनीतिक दलहरूलाई जवाफदेही बनाउन दबाब दिने भूमिकामा आफूलाई प्रस्तुत गरे। यो शैली नै उनको दीर्घकालीन राजनीतिक यात्राको एउटा महत्वपूर्ण पाटो बन्नेछ।

भविष्यमा इतिहासले यो क्षणलाई सम्झिँदा भनिनेछ, “जब प्रमुख दलहरू मौन थिए, गगन थापाले जिनजिको आन्दोलनको स्पिरिटलाई सम्बोधन गरेर सुरक्षित अवतरणको बाटो खोलिदिए।” यस अर्थमा उनको हस्तक्षेप केवल तत्कालीन अशान्ति नियन्त्रण गर्ने प्रयास थिएन यो दीर्घकालीन लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने एक महत्वपूर्ण ईँटा पनि थियो।

जिनजिको आन्दोलन केवल असन्तोषको विस्फोट मात्र होइन, भविष्यका लागि चेतावनी थियो। यसले देशलाई देखायो नयाँ पुस्ता परिवर्तन चाहन्छ, जवाफदेही नेतृत्व चाहन्छ। तर यस्तो आन्दोलनलाई सकारात्मक दिशातर्फ डो¥याउने जिम्मेवारी राजनीतिक दलहरूको हो। यही जिम्मेवारीलाई गगन थापाले आफ्नो हैसियतअनुसार सम्बोधन गरे।

कन्पेरेशी थेउरीहरूले उठाएका प्रश्नहरूलाई बेवास्ता नगरी, तर त्यसैमा अल्झिनु पनि नचाहिँदो कुरा हो। गगन थापाको भूमिकाले देखाएको छ षड्यन्त्र वा आशंका भन्दा माथि उठेर, यदि आन्दोलनको आत्मा बुझ्न सकियो भने, त्यही आन्दोलन मुलुकलाई नयाँ दिशातर्फ धकेल्ने अवसर बन्छ।

नेपालको राजनीतिक यात्रामा यो कालखण्डलाई सम्झिँदा, जिनजिको आन्दोलन र गगन थापाको सहजकर्ताको भुमिका छुट्टै अध्यायका रूपमा राखिने निश्चित छ।

Related

Previous Post

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

Next Post

सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

शुक्रबार, जेष्ठ १९, २०८०
पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शनिबार, बैशाख २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

आइतवार, भदौ २८, २०८३
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
TOP STORIES

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

आइतवार, भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
TOP STORIES

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

आइतवार, भदौ २८, २०८३
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
FEATURED

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
TOP STORIES

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

आइतवार, भदौ २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In