काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।
शेखर पक्षीय नेताका अनुसार नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको बताइएकाे छ ।