भदौं २४ । ललितपुर लिल्ला प्रशासनले ललितपुरका विभिन्नमा स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले आज राती १२ बजेसम्मको लागि ललितपुरको महानगरपालिका वडा
नं २,४,९,१८ र २५ भित्रका विभिन्न स्थानमा आवतजावत गर्न,भेला, जुलुस, प्रशर्दन, सभा बैठक घेरा लगायतका गतिविधि नगर्न भनिएको छ ।
सोमबार सेनजीले गरेको प्रदर्शनमा सरकारले अत्याधिक बल प्रयोग गर्दा १९ जना युवाको ज्यान गएको छ । जेनजीले स्कुल पोशाकमै देशभरी गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा ४ सय भन्दा धेरै घाइते भएका छन् ।
