Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

Sambridinews by Sambridinews
शनिबार, साउन १८, २०८२
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय तथा अन्तर्राष्ट्रि फिटनेस र व्यावसायिक आइकनहरूको सहभागिता रहने, चार विधामा सम्मान प्रदान गरिने

काठमाडौं । फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गते होटेल मल्लमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

‘क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने ‘नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो,’ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले भने, ‘क्लासिक फिटनेस एकेडेमीले गर्वका साथ नेपाल फिटनेस एक्स्पो घोषणा गरेको छ । जुन नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो ।’

यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्य राखेको जानकारी दिँदै शाहीले एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने जानकारी दिएका छन् ।

‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो । फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ संस्थापक शाहीले भने । उनका अनुसार एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने बताइएको छ ।

भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने भएका छन्, जसले एक्स्पोलाई अझ विशेष बनाउने छ । फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट नि:शुल्क स्वास्थ्य परामर्श उपलब्ध गराउने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

यो एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ । करिब तीन हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोमा फिटनेससँग चासो राख्नुहुनेहरू, प्रशिक्षक, खेलाडी, व्यवसायी र विभिन्न ब्राण्डका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एक्स्पोका आकर्षणहरू

शैक्षिक सेमिनार र कार्यशालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी आइकनहरूसँग ‘मिट एण्ड ग्रेट’ सेसनहरू यो एक्स्पोका मुख्य आकर्षणहरू हुन् । यस्तै, फिटनेस स्टलहरू र व्यापार प्रदर्शनी जस्तै: फिटनेस गियर र उपकरण, पोषण पुरक उत्पादनहरू, हेल्थटेक इन्नोभेसन र नेपालका अग्रणी जिमखाना र फिटनेस केन्द्रहरूको सेवाबारे जानकारी पनि एक्स्पोको आकर्षणका रूपमा रहेका छन् ।

एक्स्पोका प्रमुख उद्देश्यहरू

नेपाली फिटनेस उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु, स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबीच साझेदारी र लगानीको अवसर सृजना गर्नु, फिटनेस, स्वास्थ्य र जीवनशैलीको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो । यो एक्स्पोमा प्रदर्शनी मात्र नभई फिटनेस शो, योगा, डेमो ट्रेनिङ र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिँदै छ, जसले सम्पूर्ण इभेन्टलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

‘नेपाल फिटनेस एक्स्पो नेपाली फिटनेस उद्योगका लागि एक ऐतिहासिक अवसर हो । यसले व्यवसाय, स्वास्थ्य र अन्तर्राष्ट्रिय पहुँचलाई एउटै मञ्चमा ल्याउनेछ,’ संस्थापक शाहीले भन् । नेपालमा फिटनेस भन्नेवित्तिकै आम मानिसको मानसपटलमा ‘बडी बिल्डर’हरूको मात्रै चित्र आउने गरेको भन्नुहुँदै उहाँले स्वस्थ जीवन जिउनु नै फिटनेस भएको स्पष्ट गरेका छन् ।

एक्स्पोमा के–के हुँदैछ ?

यो एक्स्पोमा नेपालमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने छ । फिटनेससँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरूका साथै फिटनेस ‘लभर’हरूलाई लक्षित गरेर पनि विभिन्न गतिविधिहरू गरिने छ । विभिन्न स्टलसहितको यो ठूलो इभेन्ट हो, यसबाट हामी आयोजक उत्साहित छौँ । इभेन्टलाई राम्रो, रमाइलो र पारिवारिक बनाउन मल्ल होटेल रोजिएको हो ।

किन हुँदैछ फिटनेस एक्स्पो ?

नेपालमा फिटनेसमा मार्केट धेरै ग्रोइङ भइरहेको छ । तर, बिजनेसवाइज हेर्ने हो भने स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू, प्रोटिन सप्लिमेन्ट, इक्वेपमेन्टहरू मान्छेले भन्नेवित्तिकै किन्न पाइरहेका छैनन् । त्यसका लागि हामीले यो इभेन्ट आयोजना गर्नुपरेको हो । काठमाडौंमा ३०० को हाराहारीमा जिम सेन्टरहरू खुलिसकेका छन् । तर, आधिकारिक प्रोटिन सप्लिमेन्ट भने नेपालभरिमा जम्मा सातवटा मात्रै छन् । उनीहरूलाई पनि यो इभेन्टमा इन्डोर्स गर्ने बताइएको छ ।

यो इभेन्टमा नयाँ फिटनेस सेन्टर खोल्न चाहाने, ट्रेडमिल, क्रसप्रेनर वा फिटनेससँग सम्बन्धित कुनै बिजनेस गर्न मन भएकाहरूलाई ‘मिट एण्ड रिड’ गराउनाका साथै भिजिटरहरूले विभिन्न स्टलका सामान हेर्न र छनोट गर्न पाउने छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा हामीले प्लान गरेको भन्दा पनि यो इभेन्ट बिग हुनेवाला रहेको संस्थापक शाहीले जानकारी दिए ।

यो इभेन्ट भिजिट गर्न आउनेहरूलाई खाली हात नपठाइने पनि बताइएको छ । त्यसका लागि एक्स्पोमा फरक–फरक खालका क्रियाकलाप र खेलकुदका सेगमेन्टहरू राखिएका छन् । फेसन शो र अन्य वर्कसपहरू पनि हुन गइरहेको छ । जसले इभेन्टको माहोललाई रमाइलो बनाउने अपेक्षा आयोजकको छ ।

जिम सेन्टर खोल्ने प्लान गरेका, नेपालमै वा विदेशका लागि पनि ट्रेनर बन्न मन गरेका, सप्लिमेन्टको व्यापार गर्न मन भएका वा काठमाडौं उपत्यकाबाहिरबाट आएर काठमाडौंमा बसेर यो क्षेत्रमा केही गर्ने सोच बनाएकाहरूले ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ अति उपयोगी हुने आयोजकको भनाइ छ । ‘व्यापारिक कोणबाट नेटवर्किङ निर्माण गर्न, चिनजान गर्न, बिजनेस पोलिसीहरू लिन यो ठूलो मौका र अवसर हो, यो क्षेत्रमा चासो राख्नुहुनेहरूले मौका नगुमाउनुहोला,’ विज्ञप्तिमा भनिएको छ ।

Related

Previous Post

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

Next Post

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सप्तकोशीमा उच्च बहावका कारण ५६ वटै ढोका खोलीयो

मोन्था चक्रवातकाे असरले काेशी प्रदेशमा भारी वर्षा

शुक्रबार, कार्तिक १५, २०८२
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवाद सोमबार सुनुवाइ हुदै

सोमवार, मंसिर १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In