Saturday, August 2, 2025
Date
शुक्र, साउन १७, २०८२
Fri, August 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

Sambridinews by Sambridinews
बिहिबार, साउन १६, २०८२
in FEATURED, TOP STORIES, समाचार
0
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन्। राष्ट्रिय सभामा बुधाबर सम्बोधन गर्दै उनले सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित राष्ट्रको सूचीमा राखेको बताए। ‘आज ५५ वर्षपछि नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने सुनिश्चित भएको छ। यो उपलब्धिलाई नेपालको दीर्घकालीन प्रयास र योजनाको सफल परिणामको रूपमा लिनुपर्छ,’ उनले भने। 

उनका अनुसार नेपाल सन् २०२६ मा औपचारिक रूपमा विकासशील राष्ट्रको मान्यता पाउनेछ। संयुक्त राष्ट्रसंघद्वारा सन् २०१५, २०१८ र २०२१ मा गरिएको मूल्यांकनमा नेपालले मानव सम्पत्ति सूचकांक र वातावरणीय जोखिम न्युनीकरणमा उल्लेखनीय प्रगति गरेको देखिएको थियो। तर, प्रतिव्यक्ति आयमा अपेक्षित सुधार हालैमात्र देखिन थालेपछि यो स्तरोन्नतिको प्रक्रिया सम्भव भएको उनले बताए। 

You might also like

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

प्रधानमन्त्री ओलीले स्तरोन्नतिपछि नेपालले केही अन्तर्राष्ट्रिय सुविधा गुमाउने भए पनि दीर्घकालीन हिसाबले यो प्रक्रिया नेपालका लागि अवसर हुने विश्वास व्यक्त गरे। स्वास्थ्य, शिक्षा, व्यापार र जलवायु परिवर्तनसम्बन्धी केही अन्तर्राष्ट्रिय सहुलियतहरू कटौती हुनसक्ने भए पनि सरकार त्यसको तयारीमा अघि बढिसकेको उनले स्पष्ट पारे। परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय कूटनीतिक पहल तीव्र पारिएको र राष्ट्रिय योजना आयोगको अगुवाइमा सहज स्थानान्तरण रणनीति कार्यान्वयन भइसकेको उनले जानकारी दिए।

सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, योजना आयोग उपाध्यक्षको अध्यक्षतामा कार्यान्वयन समिति, र संघीयदेखि प्रदेश स्तरसम्मका विभिन्न संयन्त्रहरूमार्फत यो प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइरहेको छ। कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, पूर्वाधार विकास, निजी क्षेत्रको संलग्नता, श्रम बजार सुधार, र नेपाललाई ल्यान्ड लक्ड’ बाट ‘ल्यान्ड लिंक्ड’ बनाउने प्रयासजस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय सम्मेलन, लगानी प्रवर्द्धन कार्यक्रम र आर्थिक कूटनीतिक सक्रियतामार्फत लगानीको वातावरण तयार पार्ने सरकारको योजना छ।

उनले राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा प्रस्तुत प्रतिवेदन र माननीय सदस्यहरूले दिएका सुझावप्रति आभार व्यक्त गर्दै ती सबैलाई कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए। उनले यो ऐतिहासिक परिवर्तनलाई सबै पक्षको सहयोगमा दिगो बनाइने विश्वास पनि व्यक्त गरे।

Related

Previous Post

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

Next Post

एनआइसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनका सेवाहरू र कोरियन प्रोडक्टहरूमा विशेष छुट पाउने

Sambridinews

Sambridinews

Related Posts

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै
FEATURED

मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
Next Post
एनआइसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनका सेवाहरू र कोरियन प्रोडक्टहरूमा विशेष छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनका सेवाहरू र कोरियन प्रोडक्टहरूमा विशेष छुट पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

चीनले जारी गरेकाे नक्साबारे कूटनीतिक माध्यमबाट समस्या हल गर्नुपर्नेमा माओवादी भनाइ

शुक्रबार, भदौ १५, २०८०
विपत्तिको समयमा जनतालाई एमालेले साथ दिन्छः एमालेअध्यक्ष ओली

विपत्तिको समयमा जनतालाई एमालेले साथ दिन्छः एमालेअध्यक्ष ओली

बुधबार, मंसिर २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

शुक्रबार, साउन १७, २०८२
मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै
FEATURED

मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै

शुक्रबार, साउन १७, २०८२
निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता
FEATURED

निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता

शुक्रबार, साउन १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.