Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज हरिशयनी एकादशी

Sambridinews by Sambridinews
आइतवार, असार २२, २०८२
in TOP STORIES
0
आज हरिशयनी एकादशी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आषाढ शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भन्ने गरिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो।

पुराणहरूमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ। आषाढको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ। यसर्थ पछिल्ला दुई एकादशीलाई क्रमशः हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ। समग्र मानवजातिलाई भगवानका यी क्षणहरू परम कल्याणदायी मानिन्छन्। यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यी क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ। स्कन्दपुराणमा आषाढ शुक्लपक्षको एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने वचन पाइन्छ।

You might also like

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

आषाढ शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ। ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ। व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार–व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ। यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य हो। गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन्। यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो। विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेकाले यो काम्य पनि हो।

श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन्। चतुर्मासभरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

सबै एकादशीमा भगवान विष्णुको पूजा–आराधना गरिन्छ। तर यस दिनदेखि भगवान शयनावस्थामा रहनुहुने भएकाले भगवानलाई विशेष विधिले पूजा गर्ने चलन छ। यस दिन भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ। त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर तथा आभूषणले सुशोभित गरिन्छ। यसरी भगवानको महापूजा गरी जुहीको माला टक्र्याउँदै यस मन्त्रले प्रार्थना गर्नुपर्दछ–

Related

Previous Post

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

Next Post

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रेस काउन्सिलले दिने पुरस्कारप्रति काउन्सिलकै बोर्ड सदस्यकोअसहमति

प्रेस काउन्सिलले दिने पुरस्कारप्रति काउन्सिलकै बोर्ड सदस्यकोअसहमति

शुक्रबार, अशोज ५, २०८०
चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै

चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै

आइतवार, पुस १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

शुक्रबार, जेष्ठ २२, २०८३
सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 
TOP STORIES

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

शुक्रबार, जेष्ठ २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In