Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

Sambridinews by Sambridinews
शुक्रबार, असार १३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, शिक्षा, समाचार
0
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, असार १५ गते । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने प्रेरणादायी पहल गरेको छ ।

यो विशेष कार्यक्रमले विद्यार्थीहरूलाई कृषिको महत्त्व, श्रमको सम्मान र प्रकृतिसँगको सम्बन्ध बुझाउनुका साथै प्रयोगात्मक मूल्यांकनमार्फत उनीहरूको सीप, सृजनशीलता र जिम्मेवारी मापन गरेको छ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पर गएर व्यावहारिक सीप र सामाजिक उत्तरदायित्व सिकाउने रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसपटक, राष्ट्रिय धान दिवस असार १५ को अवसरमा विद्यालयले स्थानीय खेतमा रोपाइँ कार्यक्रम आयोजना र्गयो । स्थानिय कृषक राजेन्द्र पाइजाको खेतमा विद्यार्थीहरूले उत्साहपूर्वक हिलोमा धान रोपे, असारले गीतको लयमा आली लगाए । हिलो खेले र दहि चिउरा खाए । यी गतिविधिले उनीहरूमा टिमवर्क, धैर्य र प्रकृतिप्रेमको भावना जागृत गरेको विद्यालयले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले निधार्रण गरेको विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० आधारभूत तह (४–८) अनुुसार यो रोपाइँ कार्यक्रमलाई प्रयोगात्मक मूल्यांकनको आधार बनाइएको छ ।  शिक्षकहरूले विद्यार्थीहरूको रोपाइँ प्रक्रियामा सहभागिता, माटो तयारी, बिरुवा रोप्ने तरिका, हेरचाहको ज्ञान र सहकार्यको क्षमतालाई मूल्यांकन गरे। यो पद्धतिले परम्परागत परीक्षामुखी शिक्षालाई चुनौती दिँदै व्यावहारिक सीपमा आधारित मूल्यांकनको नवीन दृष्टिकोण प्रस्तुत गरेको छ । निमित्त प्रधानाध्यापक तथा सूूचना अधिकारी अमृता जिसी रोकाका अनुुसार, “विद्यालयले विद्यार्थीहरूलाई किताबसँगै जीवनका व्यावहारिक पाठ सिकाउन जोड दिएको छ । असार १५ को रोपाइँले उनीहरूलाई कृषि, श्रम र प्रकृतिको महत्त्व बुझाएको छ । प्रयोगात्मक मूल्यांकनले उनीहरूको आत्मविश्वास र सीपलाई उजागर गरेको छ।”

अतिरिक्त कार्यक्रम संयोजक सुजन पुनले भन्नुुभयो, “रोपाइँ जस्ता गतिविधिले विद्यार्थीहरूलाई प्रकृतिसँग जोडेर जिम्मेवारी र सृजनशीलताको पाठ सिकाएको छ । हाम्रो शुक्रबारे कार्यक्रमले सिकाइलाई जीवन्त र रमाइलो बनाएको छ।”

यता कक्षा ८ का विद्यार्थी अप्सन किसानले उत्साहित हुँदै भन्नुुभयो, “असारे गीत गाँउदै आली लगाएँ निकै रमाइलो भयो ।”
कक्षा ७ का विद्यार्थी कृष्टी पाइजा र विपिना पुनले विद्यालयले पहिलोपटक रोपाइँ कार्यक्रम राखेको बताए । उनीहरुले रोपाइँ गर्दा, माटोमा खेल्दा रमाइलो भएको बताए ।

पछिल्लो समय कृषिकर्म घट्दै जानु र असारे लोकभाकाका गीतहरू हराउँदै गएको बेला विद्यालयको यो प्रयासले सांस्कृतिक संरक्षण गर्न सघाउ पुुग्ने विद्यालयको विश्वास छ ।
विद्यालयले सामाजिक अध्ययन, स्थानिय विषय व्यवसायिक तथा पर्यटन शिक्षा, स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक अभिव्यक्ती कला विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको सूूचना अधिकारी रोकाले जानकारी दिनुुभयो छ । शुुक्रबारको रोपाँई कार्यक्रममा कक्षा ४ देखि ८ कक्षा सम्मका करिब ६४ जना विद्यार्थी र शिक्षकहरु सहभागी भएका थिए ।

नेपालले वि.सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा पनि यसलाई बुझ्ने गरिएको छ । त्यसबाहेक हिलो खेल्ने र दहीचिउरा खाने दिनको रुपमा पनि यो दिनको सम्झना गरिन्छ ।

Related

Previous Post

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

Next Post

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संविधान दिवसका दिनदेखि सूर्यविनायक रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा

भक्तपुरमा पनि बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु

मङ्लबार, भदौ २४, २०८२
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुने

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुने

आइतवार, माघ १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In