जेठ २० । यातायात व्यवसायीहरुले सहमति अनुरुप सवारी साधन नचलाउदा सर्वसाधारण मारमा परेका छन् ।
सोमबार राती सरकारसंग भएको सहमती अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको थियो।
मंगलबार फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका छन् । सार्वजनिक यातायात नचल्दा काममा बाहिर निस्केका यात्रु मारमा परेका छन् ।
सार्वजनिक यातायात नचल्दा राइडर सेयरिङले मनोमानी भाडा असुलेको गुनासो बढेको छ । ट्राफिक प्रहरीले अफलाइन वा धेरै भाडा लिने लाइडरलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
यातायात व्यवसायीले विभिन्न माग राखेर सोमबारदेखि आम हड्तालमा उत्रिएका छन् ।