- भोजराज घिमिरे
प्राचीन कालमै विद्धानहरुको ध्यान मानिसका आर्थिक गतिविधितर्फ आकृष्ट भएतापनि उतिबेला आर्थिक विषयलाई ज्ञानको छुट्टै शाखा मानिएन । आर्थिक पाटोलाई छोडेर समाजका अन्य विषयलाइ धार्मिक पक्षसंग विषयसँग जोडेर उठाउने गरिन्थ्यो ।
पुर्वीय समाजमा भने कौटिल्यले छुट्टै ग्रन्थ तयार गरी आर्थिक पक्षमा विचारहरु व्यक्त गरेको पाइन्छ । उनको आर्थिक कृति कौटिल्यको अर्थशास्त्रको नामले प्रख्यात छ ।
पश्चिमी जगतमा युनानी विद्धान्हरुले आर्थिक विचारको विकासमा पु¥याएको योगदानलाई फ्रेडिग एङग्रेल्सले उच्च मुल्याङ्कन गरेका छन । तिनका विचार आधुनिक विज्ञानका निम्ति प्रस्थान विन्दु भएको कुरा उनले व्यक्त गरेका छन ।
मानव इतिहासमा कुनै विचारको जन्म र त्यस विचारका आधारमा हुने क्रान्ति एकछिनको घटनाका परिणामका रुपमा प्रकट भएका होइनन् । त्यसका पछाडि लामो पृष्ठभूमि र घुमाउरो इतिहासको प्रवाहले भुमिका खेलेको हुन्छ । कम्युनिस्ट विचार र क्रान्तिका लागि एउटा लामो वक्ररेखा इतिहास र पृष्ठभूमिले काम गरेको छ ।
साम्यवादी विचारधाराको जन्म युरोपमा भयो । युरोपमा आधुनिक युगको प्रारम्भ कहिले देखि भयो भन्ने कुरा यकिनका साथ भन्न कठिन छ । तर प्लेटोले गणतन्त्रलाई एक आदर्श राज्यको रुपमा वर्णन गरेका छन ।
शासकलाई सम्पत्तिको निजी स्वामित्वले स्वार्थी लोभी अहंकारी र भ्रष्ट बनाउँछ । उनले उदाहरणका लागि संसारिक सम्पत्तिको निजी स्वामित्वसँग सम्बन्धित खराबीबाट बच्ने उपायबारे एक साधरण प्रकारको साम्यवादी अभ्यास गरेका थिए।
दार्शनिकहरुले संसारको व्याख्या त धेरै गरे तर मुल कुरा बदल्नु हो । दुनियाँभरका लाखौं मानिस यही बदल्ने सङ्कल्प लिएर माक्र्सवादी बने । र, कम्युनिस्ट बने ।
दुनियाँलाई बदल्दै कहाँ लैजाने ? माक्र्स भन्छन् वैज्ञानिक समाजवादतर्फ । अर्थात मानवीय लोभ र स्वार्थबाट मुक्ति र साम्ुहीक भावको चेतना । यहीँ मुक्तिको आकांक्षाले मानिसलाई परिवर्तनका लडाइँमा जागरुक बनायो र आजपर्यन्त जारी रहेको छ ।
अठारौं शताब्दीको अन्तमा युरोपमा दुई ठुला महान क्रान्तिहरु भएका थिए । एउटा फ्रान्सेली राज्य क्रान्ति थियोे , जसले मानिसको सामाजिक र राजनीतिक जीवनमा धेरै परिवर्तन ल्याइदियो । अर्को बेलायतको औद्योगिक क्रान्ति थियोे । त्यो क्रान्तिले मानिसको आर्थिक जीवनमा कायपलट ल्यायो ।
ती क्रान्तिले मानव सभ्यतालाई नै नयाँ मोडतिर धकेले । शुरुमा बेलायत सरकारले आधुनिक मेसिन र प्रबिधिलाई युरोपका अन्य मुलुकमा विस्तार नगर्ने नीति अपनायो । जसको परिणाम चोरी व्यापार हुनथाल्यो ।
अर्कोतिर बेलायतलाई मेसिन थुपारेर मात्र पनि काम भएन । त्यसपछि बेलायत सरकारले आधुनिक मेसिनबाट उत्पादित सामान मात्र होइन मेसिनकै व्यापार गर्ने निति लियो ।
सन १८२५ मा मेसिन र आधुनिक प्रबिधि बाहिर नपठाउँने नीतिमाथि पुर्नबिचार गर्याे । त्यसपछि युरोपभरी औधोगिक क्रान्तिको विस्तार भयो ।
आज बेलायतलाई प्रजातन्त्रको जननी भन्ने प्रचलन छ । बेलायतमा विश्वको पहिलो औधोगिक क्रान्ति भएको थियो । बुर्जुवा संसदीय व्यवस्थामा निर्वाचनमा आम नागरिकले भाग लिन पाउँछन् । आज पुँजीवादी प्रजातन्त्रमा राज्य सञ्चालनको विधिको मेरुदण्ड मान्ने सैद्धान्तिक माग रहदै आएको छ ।
तर १८३२ भन्दा पहिले बेलायतमा सबै पुँजीपतिहरुले समेत निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउँदैनथे । पुराना राजा सामन्त अथवा धनी र जमिनदारहरुलाई मात्र निर्वाचनमा उमेदवार बन्ने र मतदान गर्ने अधिकार थियोे । पुँजीवादी शोषणका विरुद्धमा श्रमजीवी जनताको आक्रोश बढ्दै गइरहेको अवस्थामा विश्वलाई नै तरंग ल्याउनेगरी १८४८ को कम्युनिस्ट धोषणापत्र थियोे ।
कार्ल माक्र्स र फ्रेडिग एङगेल्सले जारी गरेको २३ पन्नाको यो सानो पुस्तिकाले इतिहासमा सर्वहारा र पुँजीपति वर्गका बीचको भेद र वर्ग स्वार्थलाई ऐतिहासिक र द्धन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणको जगमा औल्यायो ।
त्यसैगरी १८७१ मार्च २६ को पेरिस कम्युनलाई संसारका सबै प्रतिक्रियावादीहरु मिलेर मे २८ मा कम्युनलाई दमन र धरपटक गरी हिंसा मच्चाए । कार्ल माक्र्सले यसलाई सार्है ठुलो आसाले हेरेका थिए । पेरिसका मजदुरहरुले आफ्नो मजदुर वर्गको शासन कायम गर्न जीवन मरणको सङघर्ष गरे । अन्तिम लडाकु भएसम्म कम्युनार्डहरुले आफ्नो हतियार छोडेनन् । संसारमा कसरी आफ्नो शासनलाई बचाइ राख्न अन्तसम्म मजदुर लडिरहे यो नै पहिलो घटना उदाहरण थियोे ।
सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धको क्रममा रुसमा चलेको फेब्रुअरी क्रान्तिले रुसी राजतन्त्रको अधिनायकत्व अन्त्य गर्याे । तर, अक्टोबर क्रान्तिले राजतन्त्रको समुल नष्ट गरेर समाजवादी राज्यसत्ता स्थापना गर्याे । माक्र्सवादी लेनिनवादी विचारधारामा स्थापित यो नै पहिलो जनवादी गणतन्त्र थियोे ।
साम्यवाद पूर्णतया राजतन्त्रको कट्टर विरोधी हुन्छ नै । बिसौं शताब्दीको दौडमा धेरै गणतान्त्रिक आन्दोलन र क्रान्तिको महत्त्वपूर्ण शताब्दीको युग बन्यो । रुसी समाजवादी क्रान्ति एशियाली मुलुक मंगोलियामा पनि फैलियो । १९२४ मा त्यहाँको इश्वर तान्त्रिक सामन्ती राजतन्त्रलाई समाप्त गरेर कम्युनिस्टहरुले आफ्नो नियन्त्रणमा लिए ।
दोस्रो विश्वयुद्धपछि रोमानियाँ, बुल्गेरिया, युगोस्लाभिया, हंगेरी र अल्बानियाँ मुलुकहरुमा राजतन्त्रको सट्टा कम्युनिस्ट समाजवादी गणतन्त्र स्थापना भए । जर्मनी विभाजनले पुर्व र पश्चिम जर्मन खडा भयो । सोभियत सङघको प्रभावले पुर्वी जर्मनी कम्युनिस्ट समाजवाद र पश्चिम जर्मनी अमेरिकी सहयोगमा पुँजीवाद । विश्व कम्युनिस्ट आन्दोलनको उद्भव भुमि युरोप नै हो।
विश्वमा सर्वप्रथम समाजवादी क्रान्ति भएको मुलुक रुस युरोपदेखि एशियासम्म फैलिएको र चीनमा युगान्तकारी कम्युनिस्ट क्रान्ति भएका कारणले पनि विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एशियाको कम्युनिस्ट आन्दोलनले एउटा हिस्साको प्रतिनिधित्व गर्दछ ।
चीन कोरिया नेपाल इन्डोनेशिया र भारतकै कम्युनिस्ट आन्दोलनको इतिहासले पनि विशेष महत्त्व राखेका छन ।
एशिया विशेषगरी बेलायती साम्राज्य र आन्तरिक सामन्तवादी शोषणको क्रिडाभुमि हो । त्यसमा नेपाल आन्तरिक बर्बर फासिस्टवादी राजशाही र राणाशाहीको कालो पञ्जामा पुरै राजकिय सत्ता थियोे । राणा र राजशाहीहरुको कु–कार्यको निम्ति सिङ्गो नेपाली जनता विद्रोहका लागि तयार थिए ।
विद्रोह र क्रान्ति गर्न एउटा भरपर्दो संगठन खोजी भइरहेको बेला एशियाली मुलककै कान्छो कम्युनिस्ट पार्टीको रुपमा नेपाल कम्युनिस्ट पार्टीका रुपमा विसं. २००६ साल बैशाख १० गते स्थापना भयो ।
नेपालका कुम्युनिस्टहरुले स्थापनाकालदेखि नै २००७ सालको दिल्ली सम्झौता, कोसी सम्झौता, गण्डक सम्झौता र सन १९५० को शान्ति तथा मैत्री सन्धिको विरोध गर्दे मात्रै आए । तर महाकाली सम्झौताको विरोध हुदैन । किनकि महाकाली पञ्चेश्वरमा नेकपा एमाले मुछिएको हुँदा त्यसको खासै विरोध हुदैन । नेपाली कम्युनिस्ट आन्दोलनले पच्चहत्तर वर्ष पार गरिसक्दा पनि यति लामो समयसम्म नेपालमा माक्र्सवादी राजनीतिक अर्थशास्त्रबारे गहन छलफल र बहस भएको पाइदैन ।
अझै भन्नुपर्दा पुर्वी युरोप र सोभियत सङघमा समाजवादको पराजय र सयुक्त राज्य अमेरिका कुनै प्रतिद्वन्द्वी शक्तिबिनाको विश्वको सबैभन्दा ठुलो सैन्य शक्तिमा रुपान्तरण भएपछि २०१९ साल बैशाख ४ गते पहिलो महाधिवेशन देखि टुटफुटमा रमाएका नेपाली कम्युनिस्ट नेताहरुलाई हाई सन्चो छ । तपाईहरुको सिद्धान्त विचार के हो ? भनि कसैले सोधे, त्यसको सहज उत्तर आउछ, उत्पादन सहितको समाजवाद हुदै साम्यवादसम्म ।
त्यसको लागि तपाईहरु किन निष्क्रिय ? सहज छ , उत्तर, बर्लिन पर्खाल ढल्यो । सोभियत सङघ पतन भयो । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । र हामी पुँजीवादी सत्तामा बसेर कुशासन गरेर भ्रष्टाचार गर्देछौ।
नेपाली कम्युनिस्ट आन्दोलन पत्रु हुनुका कारण वैचारिक अस्पष्टता र धुब्रीकरण हो । माक्र्सवाद लेनिनवाद र माओत्सेतुङ जस्ता विभिन्न विचारधाराहरुको व्याख्या र कार्यनयनमा मतभेदहरु छन । त्यसैले एकता र सहकार्यमा कठिनाई उत्पन्न भएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि गुटबन्दी र विभाजनको शिकार भएको छ। विभिन्न नेताहरू र समुहबीच व्यक्तिगत महत्त्वकांक्षा शक्तिसङघर्ष र सैद्धान्तिक मतभेदका कारण बारम्बार विभाज भएका छन । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको छ ।
विगतमा जनताको बलियो समर्थन पाएको कम्युनिस्ट आन्दोलन पछिल्लो केही दशक देखि जनसमर्थन गुमाउँदै गएका देखिन्छ ।
भ्रष्टाचार कुशासन र जनमुखी काम गर्न नसकेको लगायत आरोप खेपीरहेका कारण जनतामा निराशा छाएको छ । यो निराशा नै अहिलेको राजावादी आन्दोलनलाई मलजल पुगेको छ।
कम्युनिस्टहरुले आर्थिक विकास र सामाजिक परिवर्तनका लागि ठोस र प्रभावकारी योजनाहरु प्रस्तुत गर्न सकिरहेका छैनन् । नवउदारवादी अर्थतन्त्र र भुमण्डलीकरणको प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा स्पस्ट दृष्टिकोणको अभाव हो।
विश्व कम्युनिस्ट आन्दोलन कमजोर हुदै गएको र भुराजनितिक परिवर्तनहरु भइरहेको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलनलाई आफ्नो रणनीति र कार्यदिशा समायोजन गर्न चुनौती छ ।
नयाँ पुस्तामा कम्युनिस्ट विचारधारा र आन्दोलनप्रति आकर्षण कम हुदै गएको देखिन्छ । युवाहरूका समकालीन मुद्दाहरुलाई सम्वोधन गर्न र उनीहरूलाई आकर्षित गर्ने कम्युनिस्टहरुले नयाँ रणनीति अपनाउन आवश्यक छ।
अहिले संसदीय राजनीति प्रणालीमा सहभागी भएपछि कम्युनिस्ट पार्टीहरुले आफ्नो क्रान्तिकारी पहिचान र लक्ष्यलाई कायम राख्दै प्रभावकारी भुमिका खेल्न चुनौतीको सामना गरिरहेका छन । सत्तामा पुगेपछि पुरानै राजनीतिक संस्कार र शैलीमा रमाएका आरोप पनि लाग्ने गरेको छ।
यस्ता चुनौतीहरुको सामना गर्दे नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो विचार संगठन र कार्यशैलीमा सुधार ल्याउन आवश्यक छ। जनताको विश्वास पुन जित्न र देशको प्रगतिमा योगदान गर्नका लागि यी चुनौतीहरुलाई सम्वोधन गर्नु अपरिहार्य छ।