Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रास्वपाका सभापति रवि लामिछाने मध्यरातमा घरबाटै पक्राउ

Sambridinews by Sambridinews
शनिबार, चैत्र २२, २०८१
in TOP STORIES
0
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार राती घरबाटै पक्राउ गरेको थियो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको थियो ।

You might also like

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

प्रिमियर र क्वासन च्याम्पियन

राति ९ बजेतिर उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा पुगेको थियो । प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए ।

उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरुसँगै जान भनेका थिए ।

त्यहाँ पक्राउ पूर्जीको विषयलाई लिएर केही बेर वादविवाद भयो । पछि प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए । सरकारी वकिलको कार्यालय समेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए ।

अदालतले तीन वटै निवेदन एउटैमा राखेर सुनुवाइ गरेको थियो । त्यसक्रममा उच्च अदालतका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको थियो । सुप्रिम सहकारीबाट ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।
पदमा रहेको अवस्थामा उनले सहकारीबाट ऋण लिएको बारे आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए । तर, उच्च अदालतले उनको बयान ‘पत्यारलाग्दो नदेखिएको’ भनेको छ ।

लामिछाने गोर्खा मिडियामा कार्यरत रहँदा गोर्खा मिडियाले ४० लाख ९२ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकमा रहेको सुप्रिम सहकारीको खातामा फिर्ता गरेको थियो । यसरी किस्ता तिरेको विवरण समेत थाहै नभएको मान्न नसकिने अदालतले भनेको छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट २५ पुसमा ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए भने काठमाडौंका स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

चितवनमा २४ माघमा जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी मागेको थियो ।

Related

Previous Post

उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश

Next Post

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री ओलीको भनाइ

Sambridinews

Sambridinews

Related Posts

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

by Sambridinews
बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
एमाले अध्यक्ष ओलीको निर्देशन : मंसिर ७ गते राता टोपी लगाएर झण्डा बोकेर आउनू, कसैप्रति जाइ नलाग्नू

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री ओलीको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

मङ्लबार, भदौ ११, २०८१
आजको मौसम

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेने

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In