Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १४, २०८१
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै


काठमाडौं, फागुन– काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका २ सामुदायिक विद्यालयहरूमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
२०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयहरूमा शिक्षित गराउनु रहेको छ । यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासहरूलाई प्रवद्र्धन गरेको छ । साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधिहरू पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिक विद्यालय, न्युरोड, र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।
समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थित महानुभावहरुलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए ।
विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् । संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी, विद्यालय व्यवस्थापन तथा परियोजना सञ्चालन टोलीलाई बधाई दिँदै विद्यालय–आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका–कोला बेभरेज नेपाल र सिआईयुडीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताएकी थिइन् ।
केएमसी सिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताएका छन् । अब उनीहरूले बेकार ठानेका वस्तुहरू संकलन गरी आम्दानीसमेत आर्जन गर्न सक्ने भएका छन् ।
काठमाडौं महानगर, वडा नं. १२ का अध्यक्ष श्री बालकृष्ण महर्जनले यस पहलप्रति खुसी व्यक्त गर्दै भने, “यो कार्यक्रम निकै प्रभावशाली छ । विद्यार्थीहरूले नै यसलाई अगाडि बढाएको देख्दा गर्व लागेको छ र मैले मेरो वडाभरि नै घर–घरमा फोहोर वर्गीकरण अभियान सुरु गर्ने सोच बनाएको छु ।” उनले विद्यालय व्यवस्थापन, शिक्षक, र सिआईयुडीलाई धन्यवाद समेत दिएका थिए ।
सिआईयुडीका कार्यकारी निर्देशक नवीन विकास महर्जनले विद्यालयमा सिकेका कुराहरू विद्यार्थीहरूले आफ्ना घर–परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्य बुझ्ने क्षमता उनीहरूमा विकास भएको बताएका थिए ।
कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन तथा सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, “हामी साझा उज्जवल भविष्यमा विश्वास गर्छौं । बाबा परियोजनाले बालबालिकालाई वातावरणीय दिगोपनको ज्ञान प्रदान गर्दै उनीहरूमा दिगो वातावरणको सोच स्थापित गर्न मद्दत गर्नेछ । काठमाडौं महानगरपालिकाको ‘बुक–फ्री फ्राइडे’ अभियानको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौं र यसलाई सफल बनाउन सहयोग पु¥याएकोमा सिआईयुडी प्रति हामी आभारी छौं ।”
हिमालयन माध्यमिक विद्यालयका अध्यक्ष ई. डिल्लीरत्न शाक्यले सिआइयुडी र कोका–कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिएका थिए । साथै, विद्यालय भ्रमण गरी टिमलाई हौसला प्रदान गरेकोमा उनले उपमेयर डंगोलको पनि प्रशंसा गरेका थिए ।

Related

Previous Post

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

Next Post

श्रोवन र प्राचीलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
श्रोवन र प्राचीलाई स्वर्ण

श्रोवन र प्राचीलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

सोमवार, कार्तिक २०, २०८०
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा पिकनिकबाट फर्किएकाे स्कुल बस दुर्घटना हुदा तीनजनाको मृत्यु ३७ घाइते

शनिबार, मंसिर ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In