काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएको आएको भूकम्पमा परि तिब्बतमा त्रिपन्नजनाको मृत्यु भएको छ ।
चीनिया सञ्चारमाध्यम सिन्वा न्यूजका अनुसार भूकम्पमा परि पैसठ्ठी जना भन्दा धेरै घाइते भएका छन् । तिब्बतको डिंग्री क्षेत्रकमा स्थानीयको घर तथा गुम्वाहरुका क्षतिपुगेको जनाइएको छ ।
मंगलबार बिहान आएको भूकम्पको झड्का काठमाडौं सहित देशको पूर्वी तथा मध्यक्षेत्रसम्म महसुस गरिएको थियो । नेपालमा भने भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
तिब्बतमा भूकम्पले पुर्याएकाे क्षतिका केही तस्वीर ।