काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे सहमति भएको छ । मंगलबार दुई देशबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत सहयोग र सहकार्यका विषयहरु रहेको भ्रमण मण्डलले जनाएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चिन प्रस्थान गरेका हुन् ।