Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यमपञ्चक प्रारम्भ : आज धन त्रयोदशी भोली काग तिहार

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ५, २०७९
in FEATURED, जीवन शैली
0
यमपञ्चक प्रारम्भ : आज धन त्रयोदशी भोली काग तिहार
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । आज धन त्रयोदशी अर्थात धन्तेरस परेको छ । कात्तिक ६ गते आइतबार काग तिहार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

You might also like

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने ।

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

Related

Previous Post

सुन्दरनगरी हेटौडामा ‘होटल स्मारक’ सञ्चालन

Next Post

तिहारमा राति नौ बजेसम्म देउसीभैलो खेल्न काठमाडौं प्रहरीकाे अनुरोध

Sambridinews

Sambridinews

Related Posts

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

by Sambridinews
शनिबार, अशोज १०, २०८३
बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
Next Post

तिहारमा राति नौ बजेसम्म देउसीभैलो खेल्न काठमाडौं प्रहरीकाे अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा सरकारी कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सिन्धुलीमा सरकारी कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बिहिबार, चैत्र १, २०८०
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In