काठमाडौं । सिन्धुलीमाढी आसपासका क्षेत्रमा देखिएको विद्युत अपुर्ती सम्बन्धी समस्या हल हुन अझै करिव एक महिना लाग्ने भएको छ ।
विद्युत प्राधिकरण, प्रदेश डिभिजन कार्यालय हेटौँडा, सिन्धुली वितरण केन्द्रले भदौं २७ गते सुचना प्रकाशन गरी सिन्धलीमाढी लगायतका क्षेत्रमा देखिएको विद्युत समस्या समाधानका लागि १५ देखि २० दिन सम्म लाग्ने जनाएका छन् ।
उक्त सुचना अनुसार ढल्केवर १३२/३३ केभि सब्स्टेशनमा रहेका ट्रान्सफरमर जलेर खराब हुदा सिन्धुलीमा रामेछाप खिम्ती सब्स्टेशनबाट विद्युत व्यवस्था गरिएको जनाएको छ ।
पिक आवरमा लोड धेरै हुदाँ विद्युत नियमित प्रशारणमा समस्या देखिएको भन्दै समस्या समाधन हुन १५ देखि २० दिन लाग्ने जनाएको छ ।
सिन्धुलीमा नियमित विद्युत प्रशारणमा समस्या हुदाँ सर्वसाधारण आजित भएका छन् ।