Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २८, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ। पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको समुदायलाई छिन्नभिन्न पार्न स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको हो।

नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजिएमएन), क्रुज एड्स लगायतका संस्थाको नेतृत्व एक अर्कालाई संरक्षण गर्दै समुदायभित्र विभाजन ल्याउने खेलमा लागेका हुन्। 

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

यो स्वार्थका लागि गठित समूह पारदर्शिताको प्रश्नबाट भने भागेको छ। ब्लु डायमन्ड सोसाइटीमा सन् २००८ देखि सञ्जीव गुरुङ (शीतल, पिंकी) अध्यक्ष छन्। सोसाइटीमा अहिले पनि ३२ जना मात्रै सदस्य छन्। अध्यक्ष गुरुङले क्रुज एड्समा प्राविधिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। 

क्रुज एड्सका अध्यक्ष रूप बहादुर तामाङ (रुविना) ब्लु डायमन्ड सोसाइटीको परियोजनामा तलबी कर्मचारी छन्। ब्लु डायमन्ड सोसाइटीका कार्यकारी निर्देशक सुवेन ढकाल (मनीषा) यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका (एफएसजिएमएन) को अध्यक्ष छन्।

यो स्वार्थका लागि गठित समूहले एक अर्कालाई सुरक्षित मात्रै गरेका छैनन्, अधिकारका नाममा अधिकार विहीन बनाउने धन्धा नै चलाएका छन्। नेपालको संस्कृतिलाई नै आक्रमण गर्ने गरी विभिन्न कथाहरू बुनेर दातृ निकाय र सरकारी प्रतिनिधिहरूसँग भ्रामक तथ्यहरू प्रयोग गरिरहेका छन्। हर्मोन क्लिनिक सञ्चालन गर्नेदेखि जटिल शल्यक्रिया गर्न समुदायका सदस्यलाई उक्साइरहेका छन्। 

यो स्वार्थ समूहका अधिकांशले राज्यले दिएको पहिचान अनुसारको नागरिकता समेत लिएका छैनन्। तर, समुदायका सदस्यहरूलाई भने हर्मोन थेरापी र शल्यक्रिया गर्न लगाएर जटिल स्वास्थ्य समस्यामा धकेलिरहेका छन्। 

आफ्नो उद्देश्य पुरा गर्नका लागि पीडितहरूको नाममा प्रचार गर्न माहिर उनीहरू पारदर्शिताको प्रश्नको जवाफ दिन सकिरहेका छैनन्। आफूहरू विरुद्ध केही बोलेमा जिल्ला जिल्लामा रहेका कनिष्ठ कर्मचारीहरूलाई जागिर खाइदिने धम्की दिँदै आएका उनीहरूले नेपालमा पहिलो पटक अन्य पहिचानमा राहदानी बनाउन सफल मोनिका शाहीको रोजीरोटी नै खोसिदिएका छन्।

संस्थाभित्र पारदर्शिताको कुरा उठाउने बित्तिकै उनीहरू व्यक्तिगत आक्रमणमा समेत उत्रिएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको विकृति विसङ्गति अन्त्य गर्दै कर्तव्यसहितको अधिकार माग गर्नेहरू उनीहरूको तारोमा परेका छन्। 

चोरको खुट्टा काट भन्दा उचाले झैँ गरिरहेका उनीहरू अपारदर्शी गतिविधिको ढाकछोप गर्न विषयलाई अन्यत्रै मोड्न थालेका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका सिमरन शेरचनले संस्थाभित्रको पारदर्शिताको कुरा उठाउने बित्तिकै समुदायको ध्यान अन्यत्र मोड्न बल्ल बल्ल पाउन थालेको पहिचानलाई पुरातन सोचको उपमा दिएका छन्। 

सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अन्य विधामा पहिचानसहितको अधिकार दिन थालेको छ। पुरुष, महिला र अन्य लैङ्गिक पहिचान स्थापित नै भएको छ। झन्डै तीन दशकदेखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले यही माग गर्दै आएको छ, जुन स्थापित पनि हुँदै गएको छ। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको आवाज उठाउँदै आएको साहसी कदम नेपालको पहलमा लोक सेवा आयोग लुम्बिनी प्रदेशले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि आरक्षणको व्यवस्था नै गरेको छ। 

समुदायले माग गरे अनुसार नै संवैधानिक अधिकार सुनिश्चित हुँदै जाँदा स्वार्थका लागि गठित समूह भने पुरुष जन्मेकालागि महिलाको र महिला जन्मेकालाई पुरुषको नागरिकता माग गर्न थालेका छन्।  

व्यक्तिको आफ्नो अनुभूति, आफ्नो स्वविचारले आफू को हो भन्ने कुरा निर्धारित गर्छ भनेरै राज्यले पहिचान सहितको अधिकार दिन थालेको हो। अन्य बक्सभित्र कुनै एउटा मात्रै पहिचानलाई सीमित गरिएको पनि छैन। २०६९ पुस १६ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी, तेस्रो लिङ्गी, दुई लिङ्गी, अन्तर लिङ्गी पर्दछन् भनिसकेको छ। 

यसभित्र आफूलाई यी बाहेकका पहिचान राख्न चाहनेका लागि पनि स्वतन्त्र छ। आफ्नो मानव अधिकारको कुरा गर्दा अरूको अधिकार हनन हुने तर्फ सजग हुन जरुरी रहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले बताएका छन्। आफूभित्रको गलत कामको ढाकछोप गर्न अनेक उपाय लगाउनेहरूको एक दिन पर्दाफास हुने समुदायका सदस्यहरूले चेतावनी दिएका छन्। 

Related

Previous Post

सिन्धुलीमा भएकाे मोटरसाइकल दुर्घटनामा दुई जना प्रहरीको मृत्यु

Next Post

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मिथिला क्षेत्रमा छठपर्वकाे राैनक सुरू

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

सोमवार, मंसिर ४, २०८०
श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

मङ्लबार, फाल्गुन १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In