काठमाडौं , नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएकाे छ ।
नेपाल भलिबल संघले आइतबार काठमाडाैंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरेकाे हाे । सम्झौता पत्रमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल कुमार केडियाले हस्ताक्षर गरे ।
लिग संचालनका लागि संघ र केडिया ग्रुपबीच ७ वर्षकाे सम्झाैता भएकाे छ । लिग सम्पन्न गर्न लाग्ने सम्पुर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । त्याे बाहेक केडिया ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
लिगकाे पहिलाे संस्करण आगामी माघ-फागुन महिनामा गर्ने लक्ष्य राखेकाे संघका अध्यक्ष चन्दले बताए । लिगकाे पहिलाे संस्करण काठमाडौंमा आयोजना हुनेछ । भविष्यमा होम एण्ड अवेको आधारमा अन्य शहरहरुमा समेत खेलाइने लक्ष्य संघले राखेकाे छ ।
केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल कुमार केडियाले आगामी आर्थिक वर्षमा भलिवलका लागि कभर्डहल बनाउन सबै मिलेर पहल गर्नुपर्ने बताए ।