Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 5, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय खेल संघलाई राखेपको ११ बुँदे निर्देशन

Sambridinews by Sambridinews
शनिबार, बैशाख १, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय खेल संघलाई राखेपको ११ बुँदे निर्देशन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, बैशाख १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यन्वयन सम्बन्धी खाका राखेप समक्ष पेश गर्न शुक्रबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेपले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ ।

राखेपको ११ बुँदे निर्देशन :
१. राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा १(ग) बमोजिम आवधिक निर्वाचन नभएका राष्ट्रिय खेल संघ÷महासंघहरुलाई निर्वाचन कार्यान्वयनको खाका र समयतालिका पेश गर्नु पर्ने ।  
२. प्रचलित कानून बमोजिम संघ÷महासंघ नविकरण हुन आउँदा चालु आ.ब.को बार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन २र२ प्रती, आगामी बर्षको कार्ययोजना सहित प्रचलित कानूनी भएका व्यवस्था अनुरुप अनिवार्य रुपमा समावेश भई आउनु पर्ने ।
३. राष्ट्रिय खेल संघले पेश गर्ने खेलकुद सम्बन्धी नीति, कार्ययोजना तथा बार्षिक खेलकुद कार्यक्रम तयार गर्दा फरक क्षमता भएका खेलाडीहरुले खेल्ने पारा खेलकुद सम्बन्धी योजना तथा खेलकुद कार्यक्रम समावेश गर्नुका साथै संघको विधान तथा उद्देश्यमा पारा खेलकुद सम्बन्धी व्यवस्था अनिवार्य रुपमा समावेश गरी सो को जानकारी परिषदलाई गराउनु पर्ने  ।
४. आर्थिक कारोबार गर्दा “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६” बमोजिम गर्न÷गराउन लगाउने र सामाग्री तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४” बमोजिम गर्न÷गराउनु पर्ने ।
५. राष्ट्रिय खेल संघ÷ महासंघको विषयमा परेका निवेदन÷उजुरीहरुको सम्बन्धमा परिषदबाट माग गरिएको राय÷ प्रतिक्रिया एवं आवश्यक कागजातहरु तोकिएको समय भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने ।
६. अन्तर्राष्ट्रिय संघ÷महासंघ तथा अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ज) बमोजिम परिषदको सिफारीसमा मन्त्रालय मार्फत नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने साथै, अन्तर्राष्ट्रिय संघ÷महासंघ, अन्तर्राष्ट्रिय संस्था तथा परिषदबाट प्राप्त अनुदान वा अनुदान बाहेक संघ तथा महासंघहरुको अन्य श्रोतबाट संचालन भएका खेलकुद सम्बन्धी कार्यक्रमहरु सम्पन्न भए पश्चात सो को प्रतिवेदन १५(पन्ध्र) दिन भित्र परिषदमा अनिवार्य रुपमा बुझाउनु पर्ने ।
७. संघ÷महासंघले परिषद समक्ष आर्थिक सहयोग एवं अनुदान माग गरि पठाउँदा वा सिफारीस गरि पठाउँदा परिषद द्धारा स्वीकृत प्रतियोगिता र कार्यक्रमहरुको लागि मात्र माग गरि वा सिफारीस गरी पठाउन पर्ने । राष्ट्रिय खेल संघ÷महासंघको आयोजना एवं सहभागितामा हुने उपरोक्त खेलकुद गतिविधिहरुको लागि अन्तर्राष्ट्रिय संघ÷महासंघ एवं परिषदबाट प्राप्त आर्थिक सहयोगको विवरण संघ÷महासंघको बार्षिक लेखा परिक्षण प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख भई परिषद समक्ष पेश गर्नु पर्ने । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दा तथा सहभागिता जनाउँदा सहभागी खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकहरुको  खेलकुद विमालेख अनिवार्य रुपमा भएको हुनु पर्ने । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलाडीसंग आवश्यक प्रशिक्षक तथा अफिसियलको संख्या पेश गर्नु पर्ने ।
८. महासंघ तथा संघहरुले आर्थिक कारोबारको सहजताको लागि आर्थिक विनियमहरु तर्जुमा गर्दा परिषदको स्वीकृतिमा नेपाल सरकारको आर्थिक कार्यविधि संग नबाझिने गरी तयार गर्नुपर्ने ।
९. मार्सल आर्ट सम्बन्धी खेलसंघहरुबाट डान÷डिग्रीको सर्टिफिकेट उपलव्ध गराउँदाको शुल्क तथा आवद्द डोजो÷डोजाङ्ग, क्लव लगायतका खेलकुद गतिविधिहरु संचालन गर्ने संस्थाहरुको दर्तारआवद्ध शुल्क÷नविकरण शुल्क÷खेलाडी परिचय–पत्र शुल्क सम्बन्धी व्यवस्था संघ÷महासंघको विधान÷नियम÷कार्यविधिमा स्पष्ट व्यवस्था हुनु पर्ने र प्राप्त सम्पूर्ण शुल्कहरुको विवरण पारदर्शी र स्पष्ट हुनुका साथै उपयोग र खर्च सम्बन्धी व्यवस्था संघ÷महासंघको कार्यविधिमा उल्लेख हुनु पर्ने । साथै राष्ट्रिय खेल संघ÷महासंघको आम्दानी तथा खर्च सम्बन्धी सम्पूर्ण विवरणहरु प्रत्येक बर्षको असोज मसान्त भित्र परिषद समक्ष अनिवार्य रुपमा बुझाउनु पर्ने ।
१०. परिषद समक्ष विभिन्न खलकुद सम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरु संग सम्बन्धीत  भुक्तानीको लागि अनुरोध गर्दा भुक्तानीको विषयसंग सम्बन्धित कार्यक्रम सम्पन्न र प्रगतिको विस्तृत प्रतिवेदन २ प्रती, त्यसको डिजिटल कपी र सक्कल बिल भर्पाई र अन्य आवश्यक सम्पूर्ण कागजातहरु समावेश गरी पठाउनु पर्ने  ।
११. राष्ट्रिय खेल संघ÷महासंघले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ लाई पूर्ण रुपमा पालना गरी आ–आफ्नो खेलकुद गतिविधि एवं कृयाकलापहरु संचालन गर्नु पर्नेछ ।

You might also like

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

Related

Previous Post

नयाँ वर्षका दिन गडस्पिनमा टेबलटेनिस

Next Post

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि
TOP STORIES

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
FEATURED

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
FEATURED

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
Next Post
नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नारायणी नदीमा चल्नथाले मोटरबोट

नारायणी नदीमा चल्नथाले मोटरबोट

शनिबार, कार्तिक १२, २०७९
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

आइतवार, भदौ १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि
TOP STORIES

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

मङ्लबार, कार्तिक १९, २०८२
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
FEATURED

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

मङ्लबार, कार्तिक १९, २०८२
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
FEATURED

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

मङ्लबार, कार्तिक १९, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

मङ्लबार, कार्तिक १९, २०८२
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

मङ्लबार, कार्तिक १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In