Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल

Sambridinews by Sambridinews
बुधबार, चैत्र ७, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने स्पष्ट पारेका छन् ।

अघिल्लो सरकारले जारी गरेको उक्त कार्यविधि अध्ययन, मूल्यांकन नगरी कार्यान्वयन नगर्न मन्त्रालयमा कार्यदल बनाएको भन्दै मंगलबार मन्त्री अर्यालले कोरिया सरकारसँग कुनै सम्झौता नभएको प्रष्ट पारे ।

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

उनले कोरियाको सीपयुक्त श्रमिकले पाउने ई–७ भिसाबारे कुनै सम्झौता नभएकाले म्यानपावर कम्पनीमार्फत कोरियामा श्रमिक पठाउने विषय निराधार भएको दाबी गरे । कोरियामा श्रमिक पठाउन मन्त्रालयले म्यानपावर कम्पनीलाई बाटो खुलाएको भन्ने विषयमा मन्त्रालय संलग्न नभएको बरु कार्यदलले अध्ययन गरिरहेको भन्दै उक्त हल्ला निराधार रहेको मन्त्री अर्यालले बताए ।

‘म्यानपावर कम्पनीमार्फत कोरियामा श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन । ई–७ भिसाको विषयमा कुनै पनि बहस चलेको छैन । ई–नाइन (इपीएस) भिसा जुन छ त्यसलाई यसले कुनै पनि असर गर्दैन,’ उनले भने, ‘ई–सेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो, यसमा मन्त्रालयको कुनै पनि संलग्नता छैन ।’

अर्यालअघिका श्रम मन्त्री शरतसिंह भण्डारीको पालामा श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि बनेको थियो ।

उक्त कार्यविधिको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कोरियाको सीपयुक्त श्रमिकले पाउने ई–७ भिसामा नेपालीलाई पठाउन रोजगार अनुमति प्रणाली (ईपीएस)मै आबद्ध गरेर सरकारमार्फत नै पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

गत फागुन १७ मा पदमुक्त भएका शरतसिंह भण्डारीको निर्णयबाट जारी भएको कार्यविधि श्रम मन्त्रालयको वेबसाइटमा अझै राखिएकै छ । उक्त कार्यविधि २९ फागुनमा राखिएको मन्त्रालयको साइटमै हेर्न सकिन्छ ।

कार्यविधिले प्रधानमन्त्रीले दिएको निर्देशनविपरीत कोरियामा सीपयुक्त श्रमिक म्यानपावरमार्फत लैजान सक्ने व्यवस्था गरेको छ । यसले परदर्शी रुपमा ईपीएसमार्फत कोरियामा श्रमिक पठाउने बसेको रोजगार अनुमति प्रणाली (ईपीएस)लाई नै प्रभावित गर्ने जोखिम बनेको भन्दै विरोध भइरहेको छ ।

यस विषयमा नवनियुक्त श्रममन्त्री अर्यालले कार्यविधिको अध्ययन भइरहेको उल्लेख गर्दै कार्यान्वयन नहुने मंगलबार मन्त्रालयमा पत्रकार भेटघाटमा स्पष्ट पारेका हुन् ।

Related

Previous Post

अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर भर्न आज अन्तिम

Next Post

मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post

मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

बिहिबार, चैत्र ६, २०८१
जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

शुक्रबार, साउन १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.